
म्याग्दी । पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण मानिने हिमालपारीको जिल्ला मुस्ताङमा बर्खापछि मौसम खुलेसँगै आकर्षक देखिएको छ । पवित्र तीर्थस्थल मुक्तिनाथबाट वरपरका दृश्यहरु निकै मनमोहक देखिएको हो ।
बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रवक्ता एवम् वडा १ मुक्तिनाथका अध्यक्ष प्रमेश गुरुङका अनुसार बिहानदेखि मौसम खुलेपछि पर्यटकहरु उत्साहित भएका छन् । सदरमुकाम जोमसोमदेखि २० किलोमिटरको दूरीमा पर्ने मुक्तिनाथ मन्दिर तथा मुक्तिनाथ तथा पुराङगाउँ, झारकोटलगायतको क्षेत्रबाट केही खुलेको आकाशसँगै देखिएका हिमशृङ्खलाले पर्यटकलाई लोभ्याएको छ ।
वर्षाले गर्दा अन्योलजस्तो भएका पर्यटकहरु मौसम खुलेसँगै उत्साहित हुँदै तस्बिर तथा भिडियो खिच्दै गन्तव्यतर्फ लागेको मुक्तिनाथका पर्यटन व्यवसायी रबिन सुवेदीले बताए । १६ श्राद्धको समय भएकाले कागबेनीमा श्राद्ध गर्ने र मुक्तिनाथ मन्दिरमा दर्शनका लागि आएका धार्मिक पर्यटक बेनी–जोमसोम सडक खण्डको ठाउँ–ठाउँमा अवरोध भएपछि मुस्ताङमै रोकिएकोमा मौसम खुलेसँगै गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए ।













समाचार
३२ औँ विश्व आदिवासी दिवस आइतबार, सबैलाई उपस्थितिका लागि शेर्पासंघको आग्रह
आइएमई लाइफले असारमा भुक्तानी गर्यो ७ करोड ६ लाख रुपैयाँ दाबी
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफल : प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव
अजित मिजारका परिवारसँग मन्त्री बादीको भेट, न्यायका लागि समन्वय र पहल गर्ने प्रतिबद्धता
पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर
सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद
कैलाश हेलिकप्टरको ३९ करोड ४० लाखको कारोबार
राष्ट्रसेवक कर्मचारीको १० प्रतिशत प्रोत्साहन भत्ता भुक्तानी गर्न महालेखाको परिपत्र
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री
राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने