
म्यानचेस्टर सिटीका मिडफिल्डर फिल फोडेनले मंगलबार प्रोफेसनल फुटबलर्स एसोसिएसन (पिएफए) ‘प्लेयर अफ द इयर’ अवार्ड जितेका छन् । पेप ग्वार्डिओलाको सिटीले युइएफए सुपर कप र क्लब विश्वकपको उपाधि उचालेको थियो ।
यस्तै, एफए कप उपविजेता पनि बनेको थियो । इङ्ल्यान्डका २४ वर्षीय मिडफिल्डरले गत सिजन सबै प्रतियोगिताका ५३ खेलमा २७ गोल गरेका थिए । ‘यो पुरस्कार जित्नु निकै विशेष कुरा हो। यसका लागि म निकै गौरवान्वित र कृतज्ञ छु,’ उनले भने ।
फोडेनले सिटीका एर्लिङ हालान्ड तथा रोड्री, चेल्सीका कोल पामर, आर्सनलका मार्टिन ओडेगार्ड र एस्टन भिल्लाका ओली वाटकिन्सलाई पछि पारेका थिए । चेल्सीका २२ वर्षीय विंगर पामरले सिटी छाडेपछि लन्डन क्लबमा पहिलो सिजनमा प्रिमियर लिगमा ३४ खेलमा २२ गोल गरेका थिए ।
फेसबुक प्रतिक्रिया













समाचार
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह
प्रधानमन्त्रीसँग छलफल सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष
एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने, राष्ट्र बैंकले बैंकहरूलाई दियो निर्देशन
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
कृष्णभीरको सडक सञ्चालनमा आएपछि ग्यास सहज हुन्छ : आयल निगम
सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार साढे ४ अर्ब माथि
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती