
इल्के गुन्डागन पुनः म्यानचेस्टर सिटी फर्किएका छन् । जर्मनीका पूर्वमिडफिल्डरलाई बुधबार सिटीले बार्सिलोनाबाट भित्राएको हो ।
उनीसँग एक वर्षको सम्झौता गरिएको छ । ३३ वर्षीय गुन्डोगानसँग भएको कुनै पनि सम्झौताबारे न त सिटी न त बार्सिलोनाले नै सार्वजनिक रूपमा टिप्पणी गरेको छ ।
गुन्डोगानले २०२२–०२३ सिजनपछि सिटी छोडेका थिए । यस अवधिमा उनी प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिग ट्रेबल जित्ने टोलीको कप्तान थिए । उनले प्रिमियर लिग क्लबमा सात वर्ष बिताए । तर, नयाँ चुनौतीको लागि बार्सिलोना जाने निर्णय गरे र क्याटलन क्लबको साथ आफ्नो एकमात्र सिजनमा जाभी हर्नान्डेजको मनपर्ने खेलाडीहरू मध्ये एक बने ।
तर, बार्सिलोनाको नाजुक आर्थिक अवस्थाका कारण नयाँ प्रशिक्षक हान्सी फ्लिकले अनुभवी प्लेमेकरसँग सम्बन्धविच्छेद गर्न बाध्य भएका छन् । गुन्डोगानको बहिर्गमनले बार्सिलोनालाई नयाँ मिडफिल्डर डानी ओल्मो दर्ता गर्न मद्दत गर्नेछ । जुन स्पेनिस लिगको वित्तीय नियमका कारण अहिलेसम्म गर्न असमर्थ छ ।
गुन्डोगान हालै सम्पन्न युरोपियन च्याम्पियनसिपमा जर्मनीका कप्तान थिए । उनले यसै साता अन्तर्राष्ट्रिय जिम्मेवारीबाट सन्न्यास लिएका थिए ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह