
विश्वविद्यालय अनुदान आयोगले उत्कृष्ट क्याम्पस छनोटका लागि आवेदन माग गरेको छ । आयोगले विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालनमा रहेका आङ्गिक क्याम्पस क्याम्पसका साथै सामुदायिक र निजी (प्राइभेट) क्याम्पसका लागि आवेदन माग गरेको हो ।
तोकिएको प्रक्रिया, मापदण्ड र ढाँचासहित भदौ १६ गतेभित्र आइपुग्नेगरी आवेदन माग गरेको हो । राष्ट्रिय शिक्षा दिवसको अवसरमा ‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कार सम्बन्धी निर्देशिका, २०७७’ मा भएको व्यवस्थाअनुसार आवेदन माग गरेको हो ।
२०८१ असोज २ गते शिक्षा मन्त्रालयले आयोजना गर्ने राष्ट्रिय शिक्षा दिवसको अवसरमा उत्कृष्ट क्याम्पसलाई पुरस्कृत गर्न लागिएको छ । त्यसका लागि आवेदन माग गरिएको आयोगले जनाएको छ । आङ्गिक, सम्बन्धनप्राप्त सामुदायिक र सम्बन्धनप्राप्त निजी गरी ३ वटा क्याम्पसलाई उत्कृष्ट क्याम्पसको पुरस्कार प्रदान गरिनेछ ।













समाचार
‘मातृत्व जोगाउने अभियान’ : टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण
भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन
कास्कीमा प्रहरी कार्यालयबाट डीएनए संकलन
सात वर्षदेखि लेदुवा खोलाको पुल निर्माण अधुरै, बर्खामा आवतजावत गर्न जोखिम
शिवम होल्डिङग्सको विशेष साधारणसभा असोजमा, के के छन् एजेण्डा ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
निजी क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण अझ सकारात्मक र सहकार्यमा आधारित हुनुपर्छ : अध्यक्ष श्रेष्ठ
रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा
सुरुङभित्र उद्धार गर्न स्विट्जरल्यान्डद्वारा नेपाललाई अत्याधुनिक ड्रोन हस्तान्तरण
भक्तपुरमा ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी पर्यटक