
विपत व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापनार्थ शेर्पा संघ दक्षिण कोरियाले कोरियाली चाड छुसकको अबसरमा सेप्टेम्बर १७ तारिक दक्षिण कोरियाको राजधानी सोलमा हिमालयन सांगीतिक धमाका कार्यक्रम गर्ने भएको छ ।
सेप्टेम्बर १७ तारिकमा पर्ने कोरियाको महान पर्व छुसकको अवसरमा कार्यक्रम आयोजना गरिएको हो । हिमालयन सांगीतिक धमाका कार्यक्रमको जिम्मेवारी बाँडफाँड गर्ने र
कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि शेर्पा संघ दक्षिण कोरियाले यहि सेप्टेम्बर १ तारिक आइतवार पोष्टर सार्वजनिक तथा पत्रकार सम्मेलन गर्ने भएको छ
कार्यक्रमका बारेमा पुर्ण र आधिकारिक रुपमा जानकारी गराउनुका साथै प्रचार प्रसारका लागि पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरिएको शेर्पा संघ दक्षिण कोरियाका महासचिव दोर्ची शेर्पाले जानकारी दिनुभयो ।
सेप्टेम्बर १ तारिख आइतबार दिउँसो १२: बजे कार्यक्रम हुने भएको छ । हिमालयन सांगीतिक धमाका मा हुने कार्यक्रममा सहभागिताका लागि कोरियामा रहनुहुने नेपाली संञ्चारकर्मी, कोरियामा क्रियाशिल संघ संस्थामा रहनुहुने पदाधिकारी र प्रतिनिधि, अग्रज एवं बुद्धीजीबी वर्ग , विभिन्न पेशा व्यवसायमा आवद्व व्यवसायी लगायत बिभिन्न उध्देश्यका साथ कोरिया रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरूलाई शेर्पा संघ दक्षिण कोरियाले आमन्त्रण गरेको छ ।













समाचार
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने चार जना काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ
तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत
असम्भव भयो गगनको सर्वसम्मत बन्ने चाहना
तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ: महासङ्घ
निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?
तीनकुने घटनामा आयोगको रिपोर्ट : सुरक्षा निकाय र प्रदर्शनकारी दुवैको कमजोरी
बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो
ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
दोहोरो वायुको प्रभाव कायमै : दुई प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर