
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडै सञ्चालनमा आउने बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री आचार्यले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न पहल भइरहेको र अब चाँडै नतिजा आउने बताए ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी आएका पर्यटकलाई पाल्पा, गुल्मी हुँदै बाँके, बर्दियासम्म लुम्बिनी सर्किटका रुपमा जोड्ने योजना बनाउनुपर्नेमा जोड दिए । पहाड र तराई क्षेत्र जोड्नका लागि सो योजना रहेको बताउँदै उनले लुम्बिनी प्रदेशको पर्यटकीय क्षेत्र अगाडि बढाउन पहल गरिरहेको जानकारी दिए।
भ्रष्टाचार न्यूनीकरण गर्न, सुशासन कायम गर्न प्रदेश सरकार लागेको बताउँदै उनले पाँच लाखभन्दा माथिका योजना प्रतिस्पर्धाका माध्यमबाट अगाडि बढाउने तयारी गरिएको जानकारी दिए । नयाँ सरकार बनेको एक महिनाको अवधिमा प्रदेश सरकारले केही सुधारात्मक काम गरेको र अघिल्लो सरकारको कामलाई पनि निरन्तरता दिइने मुख्यमन्त्री आचार्यले स्पष्ट पारे ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह