
बागलुङ नगरपालिका ४ को कुँडुले फेदीमा स्थापना गरिएको शालिग्राम सङ्ग्रहालयले धार्मिक पर्यटकलाई आकर्षित गरेको छ । यहाँ भारतीय धार्मिक पर्यटकहरु शालिग्रामको अवलोकन गर्न उल्लेख्य मात्रामा आउने गरेका छन् ।
कालिगण्डकी नदीमा पाइने दुर्लभ शालिग्रामको संरक्षण र धार्मिक महोत्वका बारेमा चेतना जगाउने उद्देश्यले पाँच वर्षअघि करिब ६ करोड रुपियाँ खर्चिएर सुरुङ निर्माण गरी शालिग्राम सङ्ग्रहालयको स्थापना गरिएको थियो । यहाँ सङ्ग्रहालयका साथै मुक्तिनारायण मन्दिर, मुक्तिनाथ वेदविद्याश्रम र तिरुपति बालाजी धाम निर्माण गरिएको छ ।
एकसय फिट लामो सुरुङभित्र स्थापना गरिएको सङ्ग्रहालयमा विभिन्न स्वरुप र आकृतिका सवा लाख शालिग्राम अवलोकन गर्न राखिएको छ । सङ्ग्रहालयको प्रवेशद्वार कलात्मक शैलीमा बाघको आकृति निर्माण गरिएको छ । शालिग्राम संरक्षण तथा महत्वलाई विश्वव्यापीकरण गर्न सक्रिय स्वर्गीय स्वामी श्रीधराचार्यको नाममा सङ्ग्रहालयको नामकरण गरिएको स्वामी ऋषि प्रपन्नाचार्यले बताए ।
शालिग्राम राख्नका लागि एकसय फिट लामो सुरुङ निर्माण गरिएको छ । करिब ४० वर्षदेखि सङ्कलन गरिएका सवा लाख शालिग्रामलाई यहाँ संरक्षण गरेर राखिएको छ । सङ्ग्रहालय परिसरमा विद्याश्रम संस्कृति पाठशाला पनि सञ्चालन गरिएको छ ।
मुस्ताङको मुक्तिनाथ, बागलुङ कालिका र पञ्चकोट भ्रमणमा आउने धार्मिक पर्यटकहरु शालिग्राम सङ्ग्रहालयको अवलोकनमा आउने गरेको तिरुपति बालाजी धाममा बस्ने भक्त डण्डपाणि उपाध्यायले बताए । ‘यहाँ भारतीय धार्मिक पर्यटकहरु धेरै आउने गरेका छन् । गत वर्षको असार देखि कार्तिक महिनासम्म दैनिक ५० देखि एकसय जनाको हाराहारीमा भक्तजन आएका थिए । हालै मात्र तनहुँमा भारतीय पर्यटक बोकेको बस दुर्घटनामा परेपछि यहाँ आउने भक्तजनको सङ्ख्यामा पनि कमी आएको छ,’ उनले भने ।
सङ्ग्रहालयभित्र कालीगण्डकीको शिर दामोदरकुण्डदेखि त्रिवेणीधामसम्मको एकै ठाउँमा बनाइएको आकृतिले भक्तजनलाई आकर्षित गर्ने गरेको सङ्ग्रहालयका कर्मचारी सिर्जना शर्माले बताए । सङ्ग्रहालयभित्र जानका लागि एकसय रुपियाँको टिकट लिनुपर्ने उनको भनाइ छ । मुक्तिनाथको यात्रामा आउने धेरै भक्तजन शालिग्राम सङ्ग्रहालयमा आउने गरेको कर्मचारी शर्मामा बताउँछन् । करिब दश करोड रुपियाँ खर्च गरेर शालिग्राम सङ्ग्रहालय, वरपरका मठ मन्दिर र अन्य धार्मिक संरचना निर्माण गरिएको छ ।













समाचार
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको आग्रह
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको १ करोड १ लाख सहयोग
एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
रसुवा बाढी : ९३९ जनाको शव फेला, ३ हजार ९२५ बेपत्ता
रसुवागढीमा बाढीपछि तातोपानी नाका पनि बन्द
एकै दिन अर्थमन्त्रीमार्फत दाताले दिए प्रधानमन्त्री राहत कोषका लागि ६० करोड सहयाेग
मोबाइल बैंकिङ्ग एपबाट सिधै ‘प्रधानमन्त्री राहत कोष’ मा रकम पठाउने व्यवस्था गर्न बैंक तथा बित्तिय संस्थालाइ नेपाल राष्ट्र बैंकको निर्देशन
बालश्रम अन्त्यका लागि सरोकारवालाहरु बीच सहकार्यमा जोड
रास्वपा सभापति रवि लामिछाने र राष्ट्रपति पौडेलबिच भेट रसुवा बाढीको बारेमा ब्रिफिङ
सन्दीपको सानदार बलिङमा नेपालको सहज जित