
गण्डकी । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले तीज संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ यही भदौ २१ र २२ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तीज सांस्कृतिक महोत्सव–२०८१’ गर्नेभएको छ । ‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित हरितालिका तीज अवसरमा दोस्रो संस्करणको महोत्सव गर्न लागिएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा टेवानका अध्यक्ष कमला गिरीले जानकारी दिइन् ।
नेपालको प्राचीन संस्कार, संस्कृति, कला र धर्मलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ गत वर्षदेखि तीज सांस्कृतिक महोत्सव आयोजना गरिएको उल्लेख गर्दै उनले त्यसलाई यसवर्ष पनि निरन्तरता दिन लागेको बताइन् । महोत्सवका अवसरमा सांस्कृतिक तीज गीत प्रतियोगिता, खेलकुद, पर्यटन सम्बन्धित बहसलगायतका कार्यक्रम हुने महासचिव अनिता खड्का भट्टराईले जानकारी दिइन । उनका अनुसार महोत्सवको पहिलो दिन बिहान १० बजे वाराहीचोकदेखि सांस्कृतिक झाँकीसहितको र्याली गर्दै वाराहीघाटस्थित नेपाल ट्रष्टको चौरमा महोत्सवको औपचारिक उद्घाटन गरिनेछ ।
उक्त दिन सांस्कृतिक कार्यक्रम एवम् तीज गीत प्रतियोगिता सुरु हुनेछ । त्यस्तै दोस्रो दिन खेलकुदका कार्यक्रमसँगै तीज सन्दर्भमा महिला सशक्तीकरण, पर्यटन तथा संस्कृति विषयमा समूहगत छलफल गरिनेछ । संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्री खुस्बु ओली र डा राजु अधिकारीबीच छलफल हुनेछ । प्रतियोगिताका लागि हालसम्म १६ वटा समूहले दर्ता गरिसकेको कार्यक्रम संयोजक शान्ता तिमिल्सिनाले जानकारी दिइन् । पर्यटन प्रवद्र्धनसम्बन्धी र महिला उद्यमशीलता विषयमा प्रतियोगीले तीज गीत प्रस्तुत गर्नुपर्नेछ ।
प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः रु. ३० हजार, रु. २० हजार, रु. १५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै सान्त्वना हुने १० समूहलार्ई रु. पाँच हजारका दरले नगद र प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट नृत्य र भेषभूषासहित झाँकी प्रदर्शन गर्नेलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा टेवानका सल्लाहकार वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेर मात्र नहुने बताउँदै सरकारले आवश्यक कार्ययोजना ल्याउनुपर्नेमा जोड दिए ।













समाचार
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
फुलहमलाई पराजित गर्दै चेल्सीको विजयी सुरुवात
प्रभु महालक्ष्मी लाइफको साढे ४ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा
बेनी हाइड्रोपावर प्रोजेक्टले भदौ २२ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने
गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच
उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु
भोजपुरमा कोदो खेती घट्दै
इरानमाथि अमेरिकी नयाँ प्रतिबन्ध, पाँच मुख्य सम्पत्तिमा नजर
१८औँ संस्करणको ‘नाडा अटो शो’ आजदेखि सुरु हुँदै, उपराष्ट्रपतिले उद्घाटन गर्ने
धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका