
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने र नयाँ योजना बन्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज स्वास्थ्यप्रति सजग रहन आवश्यक छ । आफ्नो अधिकार प्राप्तिका लागि बढी संघर्ष गर्नु पर्ला । मनमा दुबिधा पनि उत्पन्न रहला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउने र गलत निर्णय लिन पुगिएला । चोटपटकको भय पनि छ, बढी सचेत रहनुहोला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज स्वादिष्ट खानपिन खान पाइएला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाटको अवसर मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफ्नो विचार विपरित निर्णय हुने र गरेको काममा ढिलासुस्ती हुनेछ । साझेदारीमा पनि उल्झन आउनेछ, तर शेयर बजारले साथ दिनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । मनमा शान्ति र प्रसन्नता छाउनेछ । समाजसेवामा मन लाग्ला । शिक्षामा सामान्य सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज घर परिवारसँग सुख र मनोरञ्जन पूर्वक दिन बित्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग पनि छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ विद्या र ज्ञान सिक्ने मौका मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वादिष्ट सुखद् भोजन मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । साथीभाइसँग समय बित्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) ठीक समयमा सही निर्णय लिन सकिनेछ । कलासाहित्यमा रुचि बढ्नेछ । सामाजिक कार्य अघि बढ्नेछ । कृषि कारोबारमा सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सामाजिक र राजनैतिक कार्यमा विशेष सफलता मिल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्ने, तर वैदेशिक क्षेत्रको काम भने अधुरै रहला ।












समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम