
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विदेशी मुद्राको विनियमदर अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने पाउण्ड र युरोको मूल्य घटेको छ ।
केन्द्रीय बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४९ पैसा कायम भएको छ । अघिल्लो दिन पनि डलरको सटही दर सोही अनुसार रहेको थियो । त्यस्तै नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरोको विनिमयदर घटेको छ । आज एक युरोको खरिददर १४७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५८ पैसा कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०६ पैसा रहेको थियो ।
त्यस्तै आज पाउण्डको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ । सोमबारका पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५९ पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १७६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७७ रुपैयाँ २४ पैसा रहेको थियो ।
त्यस्तै राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनियमदर अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५७ पैसा र बिक्रीदर ९० रुपैयाँ ९८ पैसा पुगेको छ । यता क्यानडियन डलर एकको खरिददर ९९ रुपैयाँ २२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६७ पैसा कायम भएको छ । आज सिंगापुर डलर एकको खरिददर १०२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ९३ पैसा कायम भएको छ ।
त्यस्तै आज जापानी ऐन दशको खरिददर ९ रुपैयाँ १६ पैसा र बिक्रीदर ९ रुपैयाँ २० पैसा, चाइनिज युआन एकको खरिदर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९७ पैसा र साउदी अरब रियाल एकको खरिददर ३५ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८४ पैसा कायम भएको छ ।
त्यस्तै कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा, युएई दिर्हाम एकको खरिदर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा र मलेसियन रिङगेट एकको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा कायम भएको छ ।
त्यस्तै कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०१ पैसा र बिक्रीदर ०५ रुपैयाँ ०९ पैसा कायम भएको छ । आज हंकङ डलर एकको खरिददर १७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७ रुपैयाँ २५ पैसा कायम भएको छ । त्यस्तै कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४४० रुपैयाँ ८१ पैसा र बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ७८ पैसा पुगेको छ ।













समाचार
नेप्सेको सीईओका लागि ४ जनाको नाम सर्टलिस्ट, असोज २३ गते अन्तर्वार्ता र प्रस्तुतीकरण
सिमसार मासिँदै, कछुवा हराउँदै : संकटमा प्राकृतिक बासस्थान !!
शुक्ला हिलेटारलाई धार्मिक पर्यटकीय स्थल बनाउन पहल
अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन : ‘ल्याण्ड फिलिङ’को काम धमाधम
महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो
सुन्तलामा रोग लागेपछि किसान चिन्तामा
राष्ट्र बैंकद्वारा एकीकृत परिपत्र संशोधन: भुक्तानी सीमा वृद्धि
२७ जलविद्युत् आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाट उत्पादनको बाटो खुल्यो
मुस्ताङका कृषक मर्कामा : बोटमा स्याउ अडिँदैन, ढुवानीका लागि बाटो छैन
दोहोरो वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?