
काठमाडौं । हवाई इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीहरुले हवाई भाडा घटाएका छन्। नेपाल आयल निगमले यही भदौ १५ गते आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाउँदा हवाई भाडा सहरी क्षेत्रका विमानस्थलमा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २६५ रुपैयाँसम्मले घटेको छ ।
काठमाडौं विमानस्थलाई आधार बनाएर तय भएको यस्तो भाडादरमा सबैभन्दा बढी नेपालगन्ज उडान गर्दा २६५ रुपैयाँ र सबैभन्दा कम सिमरा उडान गर्दा ४५ रुपैयाँ र घटेको छ । घटेको हवाई भाडा भोलि बुधबारदेखि नै लागू हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
आयल निगमले हवाई इन्धनको मूल्य ५ रुपैयाँसम्मले घटाउँदा वा बढाउँदा वायुसेवा कम्पनीहरुले पनि इन्धनको मूल्य समायोजन गरेर हवाई भाडा घटाउने वा बढाउने गरेका छन् । इन्धनको मूल्य घटेपछि वायुसेवा कम्पनीहरुले इन्धनमा लिएको शुल्क घटाउँदा टिकटकै मूल्य नै घटेको छ ।
आयल निगमले १३७ रुपैयाँ प्रतिलिटको हवाई इन्धनको मूल्य घटाएर १३२ रुपैयाँ प्रतिलिटर बनाउँदा प्रतिलिटर ५ रुपैयाँका दरले घटेको छ ।यस्तो मूल्य ३.६५ प्रतिशतले घटेको सोही अनुपातमा आन्तरिक वायुसेवा कम्पनीले पनि इन्धनको शुल्क वापतको रकम घटाएका छन् । सहरी क्षेत्रका विमानस्थल (ट्रंक रुट)मा उड्ने वायुसेवाको इन्धन खर्च प्रति यात्रु प्रतिमिनेट ७०.२१ रुपैयाँ खर्च हुने भएको छ । सोही खर्चको अनुपातलाई हिसाव गरेर हवाई भाडा घटेको हो ।
नयाँ भाडादर अनुसार काठमाडौं विमानस्थललाई आधार बनाएर भएको उडानमा माउन्टेन फ्लाइटमा १ सय ७० रुपैयाँ, भद्रपुर १ सय ५० रुपैयाँ, विराटनगर १ सय २० रुपैयाँ, जनकपुर ६५ रुपैयाँ, भरतपुर ५० रुपैयाँ, पोखरा ८० रुपैयाँ, भैरहवा १ सय ५ रुपैयाँ इन्धनको मूल्य घटेको छ ।
वायुसेवा कम्पनीको लागि इन्धनको लागत घट्दा हवाई भाडा नेपालगन्जमा १ सय ६५, धनगढीमा २ सय २०, तुम्लिङटारमा ९०, सिमरामा ४५, सुर्खेतमा १ सय ७५, राजविराजमा १०० रुपैयाँले घटेको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम