
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा उच्च अंकको सुधार देखिएको छ । आइतबारदेखि बुधाबारसम्म घटेको बजार परिसूचक कारोबार हुने साताको अन्तिम दिनमा उच्च अंकले बढेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ७८ दशमल १७ अंकले बढेको हो । यो अघिल्लो दिनको तुलानामा २.९९ प्रतिशतले बढी हो । आको कारोबार बन्द हुँदा परिसूचक २६८८ दशमलव ३८ विन्दुमा पुगेको छ । आज सेयर बजमार २२९ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्सन पनि १३ दशमलव ४० अंकले बढेर ४७६ दशमलव ४८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ उपसूचकको सेयर मूल्य बढेको छ भने १ वटाको उपसूचकको सेयर मूल्य भने घटेको छ ।
आज परिसूचकसँगै कारोबार रकममा पनि सामान्य सुधार भएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजमार ८ अर्ब बढीको कारोबार भएको छ । अघिल्लो दिन भने ६ अर्ब ८५ करोड बढीको कारोबार भएको छ । आज सेयर बजारमा ३१८ कम्पनीका १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता सेयर १ लाख ३ हजार ४६२ पटक खरिद बिक्री हुँदा ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार ६१२ रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा ७ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।













समाचार
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन
बेतबाँसको सीपले बर्दियाका अपाङ्गता भएका परिवारमा जगायो नयाँ आशा
बेनी हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
दोहोरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा
झण्डा प्राविधिक कुरा हो, अर्थमन्त्रीको भारत भ्रमण उपलब्धीपूर्ण– रास्वपा
अब जनताले देशको चाबी श्रम संस्कृतिलाई हस्तान्तरण गर्ने सुदन किरातीको दाबी