
काठमाडौं । भिनिसियस जुनियर र केलियन एमबाप्पेले पेनाल्टीमार्फत गोल गरेपछि रियल मड्रिडले स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा रियल सोसिडाडमाथि २–० को जित निकालेको छ । ५८औं मिनेटमा कार्लो एन्सेलोट्टीको टोलीलाई भिनिसियसले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।
अर्डा गुलरले डिबक्सको किनाराबाट प्रहार गरेको बल सर्जियो गोमेजको हातमा लागेको थियो। त्यसपछि रियलले पेनाल्टी पाएको हो । एमबाप्पेले ७५ औं मिनेटमा अर्को पेनाल्टी गोल गर्दै रियललाई तीन अंक दिलाए। रियल दोस्रो स्थानमा रहे पनि ११ अंक जोडेको छ । आइतबार पाँचौं स्थानको जिरोनासँग खेल्ने बार्सिलोनाभन्दा एक अंकले पछि छ ।
च्याम्पियन्स लिगको पहिलो खेल सुरु हुनुभन्दा तीन दिनअघि रियलले मंगलबार स्टुटगार्टमा आफ्ना खेलाडीलाई मैदानमा उतार्नेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय