काठमाडौं । सेयर बजार कारोबार हुने साताको पहिलो दिन सेयर बजार उच्च अंकले घटेको छ । गत हप्ताको अन्तिम कारोबार दिनमा हरियाली छाएको बजार आज फेरि राताम्य भएको हो ।
आइतबारको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ५० दशमलव ७३ अंकले घटेको हो । यो अघिल्लो कारोबार दिनको भन्दा १.८८ प्रतिशतले कम हो । आइतबारको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २६३७ दशमलव ७९ विन्दुमा पुगेको छ ।
आज सेयर बजारमा २१९ कम्पनीको सेयर मूल्य घटेको छ भने २४ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ८१ अंकले घटेर ४६८ दशमलव ६५ विन्दुमा पुगेको छ । आज १३ उपसूचक मध्ये १३ वटैको सेयर मूल्यमा गिरावट आएको छ ।
परिसूचक घटे पनि कारोबार रकममा भने सुधार आएको छ । अघिल्लो कारोबार दिन (बिहीबार) ८ अर्ब भन्दा बढीको कारोबार भएको बजमार आज १० अर्ब भन्दा बढीको कारोबार भएको छ । आज सेयर बजारमा ३२४ कम्पनीका २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता सेयर १ लाख १९ हजार ७३९ पटक खरिदी बिक्री भएका छन् । जसबाट सेयर बजारमा १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९५७ रुपैयाँको कारोबार भएको छ ।
आइतबारको कारोबार बन्द हुँदा सेयर बजारमा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।











समाचार
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
देशभर मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज