
जुम्ला । जुम्लामा पर्यटकीय स्थल गुठिचौरमा स्काई फेष्टिबल अर्थात् आकासे पर्व सुरु भएको छ । जुम्लाको गुठिचौर गाउँपालिकाले पोखराबाट प्राविधिक टिम झिकाएर चारदिने महोत्सव सुरु गरेको हो ।
वरिपरि डाँडा बिचमा चौर भएको सो अत्यन्तै रमणीय क्षेत्र गुठिचौरमा गाउँपालिकाले आयोजना गरेको प्याराग्लाइडिङ महोत्सव उद्घाटन गरेपछि माथीबाट उडाइएको थियो । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य र गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले महोत्सवको उद्घाटन गरेका छन् । गुठिचौरको मैदानमा रिवन काटेपछि डाडाँबाट प्याराग्लाइडिङ उडान भएको थियो ।
प्याराग्लाइडिङका लागि जिल्ला र जिल्ला बाहिर मानिसहरु अहिले गुठिचौर पुगेका आयोजकले जनाएको छ । गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले पर्यटकीय गुठिचौरमा सबैको ध्यान आकर्षण भएको र पर्यटकीय आधार तयार गरि आर्थिक उपार्जनका लागि महोत्सवको सुरुवात भएको जानकारी दिए । महोत्सवमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले प्रचुर पर्यटकीय सम्भवाना रहेको गुठिचौरमा स्थानीय सरकारले पर्यटन प्रर्वृद्धनका लागि गरेको क्रियाकलापमध्ये एक रहेको बताए ।
पहिलो दिन १२ वटा उडान भएको प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज गिरीले जानकारी दिए । उनका अनुसार आइतबार झण्डै ५० बढी उडान गर्ने योजना छ । गुठिचौरको चारैतिरबाट प्याराग्लाइडिङ उडान एकै पटक भइरहेका छन् । प्याराग्लाइडिङमा उड्नका लागि मानिसको भिड भएको गुठिचौर गाउँपालिकाले जनाएको छ । प्रशासकीय अधिकृत धु्रर्वराज गिरीले ३१ गतेसम्म महोत्सव हुने भनिएता पनि टिकट धेरैले काटेपछि सवैलाई उडार मात्र महोत्सव समापन गरिने स्थानीय तहले जानकारी दिएको छ ।
गाउँपालिकाले २ महिना अघि परीक्षण जहाजका लागि वावु एडभाञ्चर प्रा.लीलाई जुम्ला ल्याएर परीक्षण गरि सफल गरिएको थियो । एउटा उडानको गुठिचौर गाउँपालिका निवासीलाई रु. ३ हजार र बाहिरकालाई रु. ४ हजार शुल्क निर्धारण गरिएको छ । जुम्ला सदरमुकामबाट गाडी चढेर एक घण्टा समय लाग्ने सो स्थानमा गुठिचौर भेडा फारमसमेत छ । वरिपरि पहाड र बिचमा बृहत् चौरले घेरिएको गुठिचौरमा गाउँपालिकाले महोत्सवको अवसर पारेर खुला पुरुष भलिबल प्रतियोगिता र खुला महिला देउडा प्रतियोगिता गरिरहेको छ ।













समाचार
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
‘कल बाइसपास’मा संलग्न ४ जना पक्राउ
गोलबजार क्षेत्रमा लगाइएको कर्फ्यु आदेश हटाइयो
आवश्यक कागजात नभएका १६८ सिटी सफारी र अटो कारवाहीमा
पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा मन्त्री पौडेलको जोड
पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई
इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता
ब्रड पिक हिम पहिरो अपडेट : दुई नेपालीसहित थप तीन जनाको शव भेटियो
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार
नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु