
काठमाडौं । नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गत क्यानडा भ्रमण लज्जास्पद हारबाट सुरुआत गरेको छ । क्यानडाको ओन्टेरियोमा मंगलबार बिहान सम्पन्न खेलमा घरेलु टोली क्यानडासँग नेपाल १०३ रनले पराजित भएको हो ।
क्यानडासँग नेपाल पहिलोपल्ट एकदिवसीय फर्म्याटमा पराजित भएको हो । गत फ्रेबुअरीमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भ्रमणकारी टोली क्यानडालाई सात रन, चार र ९ विकेटले पराजित गर्दै नेपालले तीन खेलको एकदिवसीय सिरिज क्लिन स्वीप गरेको थियो ।
यसपल्ट नेपाल त्यही लय दोह¥याउने लक्ष्यमा थियो। तर, क्यानडाले दिएको २५४ रनको लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाउँदै १५० रन मात्रै बनाउन सक्यो । नेपाली टोलीका तल्लो क्रमका ब्याटर करण केसीले सर्वाधिक २७ रन बनाए । २४ बल खेलेका उनले समान दुई चौका र छक्का प्रहार गरे। सन्दीप लामिछानले २२, आसिफ शेख २०, भीम सार्की १८, गुलसनकुमार झा १५ र कुशल मल्ल १२ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
क्यानडाका डिलोन हेलिगरले सर्वाधिक पाँच विकेट लिए। १० ओभर बलिङ गरेका उनले ३१ र खर्चिए। अखिल कुमार र अंश पटेलले समान दुई विकेट लिँदा साद बिन जाफरको नाममा एक विकेट रह्यो ।












समाचार
हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ, भारतीय र चीनिया बिस्थापित हुंदै
फर्नान्डेसलाई पिएफए वर्षको उत्कृष्ट खेलाडीको अवार्ड
जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र
विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति
लाभांश प्रस्ताव पारित गर्न सुपर मादी हाइड्रोपावरको साधारणसभा आह्वान
सौर्य कृषि कम्पनीको वार्षिक साधारणसभा आह्वान, आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने
के.वि. एल. सेक्यूरिटिजको साधारणसभा असोज २ गते, के-के छन् एजेण्डा ?
आँखुखोला जलविद्युतको सेयर रजिष्ट्रामा प्रभु क्यापिटल