
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनियमदर सर्वाजनिक गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विनिमयदर अनुसार आज अमेरिकी डलरसँगै पाउण्ड र युरोको विनिमयदर पनि घटेको हो ।
राष्ट्र बैंकले आजका लागि सर्वाजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०१ पैसा कायम भएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ६० पैसा र बिक्रीदर १३४ रुपैयाँ २० पैसा रहेको थियो । राष्ट्र बैंकका अनुसार आज बेलायती पाउण्डको विनियमदर पनि घटेको छ । आज पाउण्ड एकको खरिददर १७७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७८ रुपैयाँ १२ पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १७७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७८ रुपैइाँ ३९ पैसा रहेको थियो ।
त्यस्तै आज युरोको विनिमयदर पनि घटेको छ । आज एक युरोको खरिददर १४८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५४ पैसा कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिददर १४९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७४ पैसा कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिददर १४८ रुपैयाँ ७६ पैसा रहेको थियो । त्यस्तै राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनियमदर अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७८ पैसा र बिक्रीदर ९१ रुपैयाँ १९ पैसा पुगेको छ ।
शनिबार क्यानडियन डलर एकको खरिददर ९८ रुपैयाँ २९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७३ पैसा कायम भएको छ । आज सिंगापुर डलर एकको खरिददर १०३ रुपैयाँ २१ पैसा र बिक्रीदर १०३ रुपैयाँ ६७ पैसा कायम भएको छ । त्यस्तै आज जापानी ऐन १० खरिददर ९ रुपैयाँ २४ पैसा र बिक्रीदर ९ रुपैयाँ २८ पैसा, चाइनिज युआन एकको खरिदर १८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा र साउदी अरब रियाल एकको खरिददर ३५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७१ पैसा कायम भएको छ ।
त्यस्तै कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैसा, युएई दिर्हाम एकको खरिदर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४९ पैसा र मलेसियन रिङगेट एकको खरिददर ३१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८८ पैसा कायम भएको छ ।
त्यस्तै कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा कायम भएको छ । आज हंकङ डलर एकको खरिददर १७ रुपैयाँ १२ पैसा र बिक्रीदर १७ रुपैयाँ २० पैसा कायम भएको छ । त्यस्तै कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ २० पैसा र बिक्रीदर ४३९ रुपैयाँ १७ पैसा र बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ६१ पैसा पुगेको छ ।













समाचार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै
सूचीकृत कम्पनीले आफ्नै सेयर खरिद र कित्ता विभाजन गर्न पाउने, माघभित्र कार्यविधि बनाउन धितोपत्र बोर्डलाई निर्देशन