
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलर र पाउण्ड स्ट्रलिङको मूल्य घटेको छ भने युरोको मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०६ पैसा रहेको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर एक १३३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३४ रुपैयाँ १८ पैसा रहेको थियो ।
आजको विनिमयदरअनुसार युरोपियन युरोको मूल्य बढेको छ । युरो आज एकको खरिददर १४९ रुपैयाँ २७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९४ पैसा कायम भएको छ । बुधबार नेपाली बजारमा युरो एकको खरिददर १४८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४९ रुपैयाँ २८ पैसा थियो । आज पाउण्ड स्ट्रलिङ एकको खरिददर १७८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७९ रुपैयाँ २३ पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १७८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ३२ पैसा रहेको थियो । त्यस्तै आजका लागि अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा तय भएको छ ।
त्यस्तै स्वीस फ्रयाङ्क एकको खरिददर १५७ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५७ रुपैयाँ ७८ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९९ रुपैयाँ ७५ पैसा तोकिएको छ । त्यस्तै सिंगापुर डलर एकको खरिददर १०३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०४ रुपैयाँ ३२ पैसा कायम भएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ २४ पैसा र बिक्रीदर ९ रुपैयाँ २८ पैसा कायम हुँदा चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०८ पैसा छ । साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७३ पैसा रहेको छ । यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७८ पैसा कायम भएको छ ।
आजको विनियमयदरअनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४ रुपैयाँ १० पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४५ पैसा रहेको छ ।
दक्षिण कोरियन वन १०० खरिददर १० रुपैयाँ ०२ पैसा र बिक्रीदर १० रुपैयाँ ०६ पैसा रहेको छ । यसैगरी, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३ रुपैयाँ ३५ पैसा तय हुँदा डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ०२ पैसा र बिक्रीदर २० रुपैयाँ ११ पैसा छ । हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १४ पैसा र बिक्रीदर १७ रुपैयाँ २२ पैसामा कारोबार हुनेछ ।
आजको विनिमयदरअनुसार कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ २४ पैसा र बिक्रीदर ४९९ रुपैयाँ २१ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ६७ पैसा कायम भएको छ । खुला बजारमा विदेशी मुद्राको विनिमयदर फरक हुनसक्ने राष्ट्र बैंकले जनाएको छ ।













समाचार
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको आग्रह
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको १ करोड १ लाख सहयोग
एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
रसुवा बाढी : ९३९ जनाको शव फेला, ३ हजार ९२५ बेपत्ता
रसुवागढीमा बाढीपछि तातोपानी नाका पनि बन्द
एकै दिन अर्थमन्त्रीमार्फत दाताले दिए प्रधानमन्त्री राहत कोषका लागि ६० करोड सहयाेग
मोबाइल बैंकिङ्ग एपबाट सिधै ‘प्रधानमन्त्री राहत कोष’ मा रकम पठाउने व्यवस्था गर्न बैंक तथा बित्तिय संस्थालाइ नेपाल राष्ट्र बैंकको निर्देशन
बालश्रम अन्त्यका लागि सरोकारवालाहरु बीच सहकार्यमा जोड
रास्वपा सभापति रवि लामिछाने र राष्ट्रपति पौडेलबिच भेट रसुवा बाढीको बारेमा ब्रिफिङ
सन्दीपको सानदार बलिङमा नेपालको सहज जित