
काठमाडौं । सिन्धुपाल्चोक शेर्पा समाज सेवा–काठमाडौंको आयोजनामा ञुङ्ने तथा मणिबुम पुजा हुने भएको छ । चाडपर्वको नाममा लाखौँका संख्यामा निर्दोष पशुपंक्षिहरुको वध गर्ने हुँदा पशुपंक्षिको आत्माको चिरशान्तिको कामना गर्नुका साथै सम्पूर्ण प्राणी हितका लागि ञुङ्ने तथा मणिबुम पुजा आयोजना गर्न लागिएको हो ।
यो कार्यक्रम अन्तर्गत असोज २३, २४ र २५ गते मौन व्रत ञुङ्ने पुजा आयोजना गरिने छ । त्यस्तै असोज २६ गते अन्तिम दिन मणिबुम पुजा कार्यक्रम पनि गरिने शेर्पा समाज सेवा–काठमाडौंका अध्यक्ष बहादुर शर्पाले जानकारी दिए । काठमाडौंको गोकर्नेश्वर नगरापालिका वडा नम्बर ६ बुद्ध चोकमा रहेको शेर्पा समाजको भवनमा आयोजना हुने अध्यक्ष शेर्पाले बताए ।
उक्त पुजाको सिन्धुपाल्चोकको पाँचपोखरी थाङसाल गाउँपालिका वडा नम्बर ८ ओख्रेनी हाल बौद्ध पिपलबोटमा बस्नुहुने दोर्जे लोपेन डा. टशी छिरिङ शेर्पा तथा छिरिङ वुटी शेर्पाले प्रयोजन गरेको समाजका महासचिव नुर्पु शेर्पाले जानकारी दिए ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व