
रामेछाप । रामेछापका माझी समुदायका युवाले आफ्नो समुदायको भाषा, संस्कार र संस्कृति जोगाउने अभियान सञ्चालन गरिहरेका छन् ।
यसका लागि युवा पुस्ताले बुढापाकासँग सिकेर भाषा र संस्कारका विषयमा अन्तर पुस्ता हस्तान्तरणका लागि विभिन्न कार्यक्रम गर्दै आएका छन् ।
आफ्नो भाषा र संस्कृति हराउँदै गएको भन्दै युवाहरूले माझीहरूको सामाजिक विषयवस्तुमा छलफल गर्न सामाजिक छलफल मञ्च (मजे सावा) नाम सङ्गठन बनाएर काम गरिरहेका छन् । सङ्गठनले जिल्लाका माझी समुदायका विभिन्न १० स्थानमा केही दिनअघि आयोजना गरेको बालबालिका तथा किशोर किशोरीका लागि भाषा तथा संस्कृति प्रशिक्षण कार्यक्रममा बुधबार सम्पन्न भएको छ ।
मन्थली नगरपालिका–८ गाइखुराका बालकृष्ण माझीले भाषा र संस्कृति जोगिए मात्र माझीहरूको पहिचान जोगिने भन्दै टोलटोलमा यस्तो प्रशिक्षण कार्यक्रम गरिएको बताए । मन्थलीस्थित गाइखुरा, जखनिटार, हाटेचउर, कुनाउरी, रुमालेचोक, हात्तीटार, सेलेघाट भटौली र खाँडादेवी गाउँपालिकाको रजगाउँ गरी माझी समुदाय रहेको विभिन्न १० स्थानमा माझी समुदायका बालबालिका र किशोर किशोरीलाई प्रशिक्षण दिइएको उनले बताए ।
पछिल्लो पुस्ताले भाषा, धर्म, संस्कृति, संस्कार नबिर्सिऊन् भनेर जिल्लाका ती स्थानमा कार्यक्रम सञ्चालन गरिएको मजे सावाका संयोजक श्रीबहादुर माझीले बताए । माछा मार्नु, विभिन्न घाट तथा नदीमा डुङ्गा चलाउनु माझी समुदायको पुख्र्यौली पेसा हो । पछिल्लो समय नदी तथा खोलामा विषादी हालेर माछा मार्ने क्रम बढेको र अधिकांश ठाउँमा मोटरेबल तथा झोलुङ्गे पुल बनेका कारण आफ्नो पुख्र्यौली पेसा सङ्कटमा परेको यस समुदायका अगुवाहरूको भनाइ छ । भाषा र संस्कृति जोगाउने कामका लागि प्रशिक्षण गर्न आदिवासी हिमाली समाजले आर्थिक सहयोग गरेको थियो । यसरी युवाले चासो राखेमा माझी समुदायको भाषा र संस्कृति जोगाउन सहज हुने स्थानीय जङ्गवीर माझी बताउँछन् ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम