
काठमाडौं । मन्जु श्री संवत २८६१ औँ डल्ल (सर्प) लो तथा २१५२ औँ सिङ म्हो डुल लो सोनाम लोसार कार्यक्रम विभिन्न सांस्कृतिक कार्यक्रको आयोजना गरी सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाती महास.घ जिल्ला समन्वय परिष्द सिन्धुपाल्चोकको आयोजनामा तथा पाँचपोखरी थाङपाल गाउँपालिकाको सहयोगमा वृहत्त सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा विश्व बौद्ध महासंघका अध्यक्ष प्रथम योल्मो खेन्पो डा. ल्हारक्याल लामा प्रमुख अतिथि रहेका थिए । उनले आफू संविधानको निर्माता समेत भएकलो संविधानले दिएको ३ तहको सरकार मध्ये स्थानीय सरकारको सहयोगमा लोसार कार्यक्रम हुन गर्वको विषय भएको बताए । उनले लोसारलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सक्नु पर्ने धारणा व्यक्त गरे । डा. लामाले लोसारको अवसरमा आगामी वर्षदेखि कम्तीमा ३ दिन बिदा दिनु पर्ने पनि बताए ।

लोसारका बारेमा चर्चा गर्दै उपाध्यक्ष डा. लामाले अबको युगमा प्रकृति र बैज्ञानिक युगसँग लड्न आवश्यक रहेको बताए । ‘हाम्रो संस्कार हामीले जोगाउनु पर्ने हो । धेरै संघर्ष गरेर म यो स्थानमा आइपुगेको हु । म सक्षम भएकाले नै यो स्थानमा आउन सफल भएको हु,’ उनले भने । उनले जातलाई गालि गरेर आफ्नो अधिकार प्राप्त नहुने धारणा राखे ।

उनले संविधानले सबै जातिको प्रतिनिधित्व गरेको बताउँदै संविधामा भएका व्यवस्थाका बारेमा बुझ्न र सक्षम बन्न पनि आग्रह गरे । सक्षम भएर आफ्नो अधिकार खोज्नु पर्ने उनको भनाइ थियो । उनले अब संविधान संसोधन गर्ने हो भने जनसंख्याको आधारमा मात्रै संशोधन गर्नु पर्ने पनि बताए । अधिकार र पहिचानको कुरा गर्दा आफ्ना छोराछोरीलाई पढाउन र संविधानमा भएका व्यवस्था बुझन् पनि उनले सुझाब दिए । त्यस्तै पाँचपोखरी जस्तो सुन्दर, पवित्र भूमि अन्त कतै नभएको पनि उनको भनाइ थियो । ‘देशमै बसेर मेहनत गरेर प्रगति गर्नु पर्छ । दुई चार पैसाको लोभमा विदेश जानु हुँदैन्,’ उनले भने ।
उक्त कार्यक्रमा गाउँपालिकाका अध्यक्ष टासी लामाले आदिवासी जनजातिको माग र अधिकारलाई स्थापित गरेरै छाड्नु पर्ने बताए । उनले एकमन र एकताका साथ आफ्नो अधिकार स्थापित गर्नका लागि आन्दोलनलाई निरन्तर्ता दिनु पर्ने पनि बताए । धर्मनिरपेक्ष, लोकतन्त्र लगायत आफूहरुको माग पुरा भएको भन्दै विभेद अन्त्यका लागि भने आफूहरुको आन्दोलन सधैँ रहिरहने उनको भनाई थियो । उनले पाँचपोखरीको विकासका लागि सहयोग गर्न समेत उनले प्रथम योल्मो खेन्पो एवम् उपाध्यक्ष डा. लामालाई आग्रह पनि गरे ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिने
कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै
टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १०० छक्का प्रहार गर्ने खेलाडी बने ऋषभ पन्त
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
मजपोक–ताराखोला सडक स्तोन्नती गर्न पाँच करोड सुनिश्चित
रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा
चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार