
काठमाडौं । सन् २०२४ को सेप्टेम्बरमा चार वर्षयताकै सबैभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । पर्यटन बोर्डका अनुसार यो वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म आठ लाख १६ हजार ३३९ पर्यटक नेपाल भित्रिएका छन् । जसमध्ये सेप्टेम्बरमा मात्रै ९६ हजार ३०५ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२४ को सेप्टेम्बरमा नेपाल भित्रिएका पर्यटक सन् २०२३ को तुलनामा छ प्रतिशत र सन् २०१९ को तुलनामा चार प्रतिशतले बढेको बोर्डले जनाएको छ ।
पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भने, ‘गत वर्ष सेप्टेबरको तुलनामा यो वर्ष पाँच हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२३ को सेप्टेम्बरमा ९१ हजार १२ जना पर्यटक नेपाल भित्रिएका थिए । कारोना महामारीअघि सन् २०१९ को सोही अवधिमा ९२ हजार छ सय पर्यटक नेपाल भित्रिएकाले यो वर्ष विगत चार वर्षयताकै सर्वाधिक पर्यटक आगमन भएको देखिन्छ ।’
सेप्टेम्बरमा प्राकृतिक विपत्ति र सडक दुर्घटनाका कारण नेपाल भित्रिने भारतीय पर्यटक सङ्ख्यामा भने करिब २० प्रतिशतले गिरावट आएको उनले जानकारी दिए । निर्देशक लामिछानेका अनुसार यो वर्षको सेप्टेम्बरमा भारतबाट २२ हजार ९८४ पर्यटक नेपाल भित्रिएका छन् भने सन् २०२३ को सोही अवधिमा २८ हजार ६९४ पर्यटक नेपाल आएका थिए । यो वर्षको सेप्टेम्बरमा चीन, अमेरिका र युरोपियन मुलुकबाट आउने पर्यटकको संख्या भने बढेको उनले जानकारी दिए ।












समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह