
काठमाडौं । नेपालले अमेरिका विरुद्धको टि–२० सिरिज एक खेल अगावै जितेको छ । आज भएको दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै नेपालले एक खेल अगावै सिरिज जितेको हो ।
नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले ८ विकेट गुमाएर १७० रन बनाए पछि खेलको निर्णय सुपर ओभरबाट गरिएको थियो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले २ रन बनाएको थियो । नेपालले सुपर ओभरमा जितका लागि ३ रनको लक्ष्य ४ बलमा पुरा गर्दै एक खेल अघि नै सिरिज जितेको हो । सुपर ओभरमा नेपालका सोमपाल कामीले ४ बलमा अमेरिकाका दुई विकेट लिए पछि नेपालले ३ रनको लक्ष्य पाएको थियो ।
यस अघि अमेरिकाले ८ विकेट गुमाएर १७० रन बनायो भने नेपालले ६ विकेट गुमाएर १७० रन नै बनएको थियो । अमेरिकाका लागि एन्ड्रिज गौस सर्वाधिक ६२ रनको योगदान दिए । त्यस्तै साइतेजा मुक्कामल्ला ४७ रनको पारी खेले । त्यस्तै मिलिन्द कुमारले १५ रन बनाए भने शायन जहाँगीरले पनि १४ रनको योगदान दिए । नेपालका लागि करण केसीले ३ विकेट लिए । त्यस्तै सोमपाल कामीले २ विकेट लिए भने सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ९२ रनको अविजित पारी खेले । त्यस्तै अनिल साहले २५ रनको योगदान दिए । गुल्सन झाले १९ र कप्तान रोहित पौडेलले १८ रनको योगदान दिए । अमेरिकाका जसदीप सिंह र नोस्थुश केन्जिगेले समान २–२ विकेट लिए ।
अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । नेपालले टी–२० सिरिजको तेस्रो तथा अन्तिम खेल पर्सि सोमवार खेल्ने छ । यो टी–२० सिरिजपछि नेपालले अमेरिकामै आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिका र स्कटल्यान्डसँग त्रिदेशीय एकदिवसीय सिरिज खेल्ने छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह