
काठमाडौं । न्युजिल्यान्डले भारतसँगको पहिलो टेस्टमा ८ विकेटले जित हात पारेको छ । यो जित सँगै पाहुना टोलीले ३ टेस्ट सिरिजमा १–० को अग्रता समेत बनाएको छ ।
न्युजिल्यान्डले भारतमाथि सन् १९८८ को नोभेम्बर पछि पहिलो पटक घरमै जित निकालेको हो । पाँचौं तथा अन्तिम दिन आइतवार १ सय ७ रनको सामान्य लक्ष्य न्युजिल्यान्डले २ विकेट गुमाएर पूरा गर्यो । टोलीका लागि विल योंगले ४८ तथा रचिन रविन्द्रले ३९ रन बनाए । भारतका लागि जसप्रित बुमराहले २ विकेट लिए ।
सरफराज खानको शतकका बाबजुद भारतले पाहुना न्युजिल्यान्डलाई सामान्य लक्ष्य दिएको थियो । भारत पहिलो पारीमा ३ सय ५६ रनले पछि परेको थियो । दोस्रो पारीमा घरेलु भारतले ४ सय ६२ रन मात्र जोडेपछि न्युजिल्यान्डले सामान्य लक्ष्य पाएको हो । सुरुवात राम्रो गरेको भारतका लागि मध्यक्रमका ब्याटर चल्न सकेनन् । घरेलु टोलीले ४ सय ८ रनमा ३ विकेट गुमाएको अवस्थाबाट ५४ रन जोड्दा बाँकी ७ विकेट गुमायो । घरेलु टोलीका लागि सरफराजले १ सय ५०, ऋषभ पन्तले ९९, विराट कोहलीले ७० तथा कप्तान रोहित शर्माले ५२ रन जोडे । न्युजिल्यान्डका रचिन रविन्द्रको शतक सहयोगमा पाहुना टोलीले पहिलो पारीमा ४०२ रन बनाएको थियो ।
दोस्रो पारीमा पाहुना टोलीका लागि म्याट हेनरी र विलियम ओरोर्कले समान ३, अजाज पटेलले २ तथा टिम साउथी र ग्लेन फिलिप्सले समान १ विकेट लिए । त्यसअघि वर्षाका कारण पहिलो दिनको खेल पूर्ण रुपले प्रभावित भएकोले दोस्रो दिन मात्र टस सम्भव भएको थियो । भारतको बेंगलुरुमा टस जितेर ब्याटिङ सुरुवात गरेको घरेलु टोली पहिलो इनिङमा ४६ रनमा समेटियो ।
पहिलो पारीमा भ्रमणकारी टोलीका लागि म्याट हेनरी ५ विकेट लिए । विलियम ओरोर्कले ४ तथा टिम साउथीले १ विकेट लिए । पहिलो पारीमा पाहुना टोलीले ४ सय २ रन बनाउँदै ३ सय ५६ रनको अग्रता लिएको थियो । दुई देश बीचको दोस्रो टेस्ट आगामी बिहीवारबाट पुनेमा सुरु हुनेछ ।













समाचार
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक