
काठमाडौं । हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडांै सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलाको सडकमा ह्युमपाइप राखेर मर्मत भएपछि सडक दुईतर्फी नै सञ्चालनमा आएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
गएको असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी र पहिरोले सडक क्षतिग्रस्त भएको थियो । तत्काल मर्मत गरेर असोज २० गतेदेखि सडकमा यातायात सञ्चालन भए पनि सडकमा ह्युमपाइप राख्नुपर्ने जनाउँदै यही कात्तिक २ गतेदेखि एकतर्फी मात्र बाटो खुलेको थियो । सडकको मर्मत सम्पन्न भएपछि दुईतर्फी बाटो सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।
फेसबुक प्रतिक्रिया













समाचार
टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १०० छक्का प्रहार गर्ने खेलाडी बने ऋषभ पन्त
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
मजपोक–ताराखोला सडक स्तोन्नती गर्न पाँच करोड सुनिश्चित
रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा
चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
१० वर्षमा पनि बनेन मनाङमा पुल
मिड सोलु हाइड्रोको साढे ७७ लाख बढी कित्ता सेयरको लकइन अवधि असोजमा सकिंदै
एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ
बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो