काठमाडौं । बुधबार सेयर बजार पुनः राताम्य भएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको बजार आज दोहोरो अंकले नै घटेर बन्द भएको हो ।
साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक २० दशमलव ४१ अंकले घटेर २६४५ दशमलव ३९ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ०.७६ प्रतिशतले कम हो । अघिल्लो दिन बढेको बजार एक दिन पनि नटिकेर ओरालो लागेको हो ।
आज सेयर बजारमा कारोबार भएका १५५ कम्पनीको सेयर मूल्य घटेको छ भने ७६ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै १३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ४५ अंकले घटेर ४७७ दशमलव २६ विन्दुमा पुगेको छ । बुधबार १३ उपसूचकमध्ये २ वटा उपसूचकको मूल्य मात्रै बढेको छ भने बाँकी ११ उपसूचकको सेयर मूल्यमा भने गिरावट आएको छ ।
परिसूचक घटेको दिन कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । अघिल्लो दिन ४ अर्बको कारोबार भएको बजारमा आज ६ अर्ब भन्दा माथिको कारोबार भएको छ । सेयर बजारमा आज ३२४ कम्पनीका १ करोड ५७ लाख ४२ हजार ५१४ कित्ता सेयर ६५ हजार ९१ पटक खरिद बिक्री हुँदा ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार ८५३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सेयर बजार राताम्य भएको दिन आज आईसीएफसी फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह