काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज सेयर बजार परिसूचक १८ अंकले घट्यो भने कारोबार रकममा पनि गिरावट आएको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक १८ दशमलव २५ अंकले घटेर २६२७ दशमलव १४ विन्दुमा पुगेको हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १७० कम्पनीको सेयर मूल्य घटेको छ भने ६७ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै ७ कम्पनीको सेयर मूल्य स्थिर हरेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ९९ अंकले घटेर ४७४ दशमलव २६ विन्दुमा पुगेको छ ।
आज १३ उपसूचकमध्ये हाइड्रोपावर उपसूचक बाहेक सबै उपसूचकको सेयर मूल्य घटेको छ । परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ६ अर्ब २७ करोड माथिको कारोबार भएको बजारमा आज ५ अर्ब ४१ करोड भन्दा बढीको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३१७ कम्पनीका १ करोड २२ लाख ८३ हजार ६२३ कित्ता सेयर ६१ हजार ७८५ पटक खरिद बिक्री हुँदा ५ अर्ब ४१ करोड ९१ लाख ४ हजार १५७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा रावा इनर्जि लिमिटेडका सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह