
झापा । पूर्वीनाका काँकडभिट्टाबाट पर्यटकको आगमन बढेको छ । विगत दुई महिनामा यहाँबाट ८ सय ९० जना तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ । कोरोना महामारीपछि चार वर्षसम्म अवरुद्ध रहेको पर्यटक आवागमन दुई महिनाअघि मात्र खुला भएको थियो । सन् २०२४ को सेप्टेम्बर महिनामा यस नाका भएर दुई सय ८७ जना तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख तुलसी भट्टराईले बताए।
अक्टुबर महिनामा तेस्रो मुलुकका नागरिकको आगमन बढेर ६ सय तीन पुगेको उनले जानकारी दिए। आगामी दिनमा आगमन अझ बढ्ने सम्भावना छ । भारत सरकारले कोरोना महामारी सुरु भएदेखि काँकडभिट्टासँग जोडिएको भारतीय नाका पानीटङ्कीबाट तेस्रो मुलुकका नागरिकलाई आउजाउ गर्न निषेध गर्दै आएको थियो । नेपालको निरन्तर दबाबपछि यही अगस्तदेखि तेस्रो मुलुकका नागरिकको आवतजावतका लागि भारतले नाका खुला गरेको हो ।
भारतको पानीटङ्की नाका हुँदै काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकमा भूटानीको सङ्ख्या अधिक रहेको छ । विगतमा बङ्गलादेशी नागरिकको लर्को लाग्ने गरेकामा हाल बङ्गलादेशी नागरिकको आगमन नगण्य छ । अध्यागमन अधिकृत भट्टराईका अनुसार सेप्टेम्बर महिनामा नेपाल प्रवेश गरेका दुई सय ८७ जना तेस्रो मुलुकका नागरिकमा भूटानीको सङ्ख्या एक सय ६८ र अमेरिकी ५४ र अस्ट्रेलियन चारजना रहेका छन् ।
यसैगरी, अक्टुबरमा तेस्रो मुलुकबाट नेपाल आएकाको कुल सङ्ख्या ६ सय तीन रहेकामा भूटानी तीन सय ४६, अमेरिकी एक सय ३० र अस्ट्रेलियन २३ जना रहेको भट्टराईले बताए। ‘काँकडभिट्टा नाका भएर आउने तेस्रो मुलुकका नागरिकमध्ये आधाजसो भूटानी नागरिक छन्,’ अध्यागमन अधिकृत भट्टराईले भने, ‘धेरैजसो भूटानी नागरिक धार्मिक तीर्थाटन र थोरैजसो भेटघाटका लागि आउनु हुँदोरहेछ ।’
घुमफिरका लागि आउने भूटानी नागरिकहरुले लुम्बिनी, फर्पिङ र हलेसी जाने बताउने गरेका छन् । भूटानीसहित सार्क मुलुकका नागरिकका लागि काँकडभिट्टा नाकामै ‘अनअराइभल भिसा’ जारी हुने व्यवस्था छभने एक वर्षमा एक खेपमा ३० दिन अवधिसम्मको भिसा निःशुल्क हुने गरेको छ । ‘सार्क मुलुकका नागरिकका लागि एक भिसा वर्षमा ३० दिनसम्म निःशुल्क भिसा प्रदान गरिने व्यवस्था छ,’ भट्टराईले भने, ‘यो निःशुल्क सुविधाको भूटानी नागरिकले लाभ लिएको देखिन्छ ।
तीस दिनभन्दा बढी अवधिका लागि भिसा दिनु परेमा प्रत्येक दिनको तीन अमेरिकी डलरका दरले भिसा शुल्क लिने गरिएको छ ।’ गैरआवासीय नेपाली नागरिक र शरणार्थीका रुपमा तेस्रो मुलुकमा पुनस्र्थापना भएका भूटानी नागरिकले नेपाल आउनका लागि काँकडभिट्टा नाका प्रयोग गर्न रुचाउने गरेको पाइन्छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम