
बाँके । कैलालीको टिकापुरमा आज विमान परीक्षण उडान गरिएको छ । टिकापुर नगरपालिका वार्ड नं १ स्थित बसपार्क नजिकै रहेको टीकापुर विमानस्थलमा ३८ वर्षपछि विमान परीक्षण उडान गरिएको हो ।
आज टीकापुर विमानस्थलमा नेपाल वायुसेवा निगमको 9N ABU नं र तारा एयरको 9N/AEV नं को विमान परीक्षण उडान गरिएको हो । संस्कृती प्रयटन तथा नागरिक उडड्यनराज्यमन्त्री अरुणकुमार चौधरीले तिहार लगत्तै नियमित विमान सञ्चालन गरिने बताए । उनका अनुसार नियमित विमान सञ्चालन सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरूमा गरिनेछ । स्वर्गीय गृहमन्त्री खड्गबहादुर सिंहले वि सं २०४१ सालमा विमानस्थल सञ्चालनमा ल्याएका थिए ।
तीन वर्षसम्म नियमित सञ्चालनमा आएको विमानस्थल वि सं २०५२ पछिको द्वन्द्वकाल शुरू भएसँगै नियमित विमान सेवा रोकिएको थियो । झण्डै १८ बिघा जग्गामा निर्माण गरिएको उक्त विमानस्थलमा झण्डै चार दशक लाग्दै गर्दा उक्त विमान स्थलमा नियमित उडानका लागि आज नेपाल वायुसेवा निगम र तारा एयरको विमानले परीक्षण उडान गरेको छ । परीक्षणका लागि टीकापुर विमानस्थलमा नेपाल ऐरलायेन्सको विमानलाई लिएर क्याप्टेन मनिष विष्ट, उज्जवल सिलवाल सहित म्यानेजर ज्ञानेन्द्र भूल इन्जिनियर सम्राट प्रधान, सुरेन्द्रप्रसाद यादव, युवराज रिजाल, एयरहोस्टेज डिम्पल भट्टराई एटिसी राजु महतोसहित १२ जनाको टोली आएको थियो ।












समाचार
सहकारीका ऋणीलाई ११ करोड असुली
पोखरीमा डुबेर दुई किशोरीको मृत्यु
‘विचार, संघर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनलाई समेटेको छ : भण्डारी
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
दसैँ नजिकिएसँगै खुला बजारमा बढ्यो ग्राहकको चाप
सडक दुर्घटनामा घाइतेको उपचार गर्ने दायित्व स्वास्थ्य संस्थाको हुने
गगन थापा कांग्रेस नेतृत्वमा आउनु सकारात्मक कुरा हो – शंकर पोखरेल
होर्मुज जलडमरूमध्यमा सात तेल ट्यांकर इरानको निशानामा, दुई विस्फोट
नेपाल महिला चेम्बरको आयोजनामा ‘चेम्बर बजार’ सुरु
अब पाठ सिकौं, नयाँ पुस्तालाई विश्वास गरौं : बाबुराम भट्टराई