
काठमाडौं । सेयर कारोबार हुने साताको तेस्रो दिन सेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन पनि बढेको बजार लगातार दोस्रो दिन पनि उच्च अंकले बढेर बन्द भएको हो ।
मंगलबारको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ४६ दशमलव ६९ अंकले बढेर २६९२ दशमलव ०५ विन्दुमा पुगेको छ। यो अघिल्लो दिनकोभन्दा १.७६ प्रतिशतले बढी हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २२१ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ वटा कम्पनीको सेयर मूल्य मात्रै घटेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ३३ अंकले बढेर ४८१ दशमलव २८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ । परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन ५ अर्ब ३४ करोड भन्दा माथिको कारोबार भएको बजारमा आज ६ अर्बभन्दा बढीको कारोबार भएको छ ।
आज सेयर बजारमा ३१९ कम्पनीका १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता सेयर ६८ हजार ६१४ पटक खरिद बिक्री हुँदा ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार ५८० रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।












समाचार
ट्रम्पद्वारा क्यानेडियन आयातमा भन्सार महसुल तत्कालका लागि स्थगित, अझै महत्त्वपूर्ण काम बाँकी रहेको कार्नीको भनाइ
रुपाकोट रिसोर्टले आईपीओ निष्कासनको तयारी थाल्यो, एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
प्रेस काउन्सिलका चार सदस्यको शपथ
राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल नियुक्त
प्रधानमन्त्री शाह र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता
साउन महिनामा मात्रै ५७ हजार मेट्रिक टन ग्यास आयात
कृषि उद्यम केन्द्रमा सल्लाहकार र सदस्य मनोनित
सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान बृद्धि गर्ने सरकारको निर्णय
दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला