काठमाडौं । तिहारको समयमा पड्काएका कारण काठमाडौंमा वायु प्रदूषण बढेको छ । पटका मात्रै नभएर अन्य कारणले पनि अबका दिनमा प्रदूषण थप बढ्ने भएकाले सावधानी अपनाउन विज्ञहरुले अनुरोध गरेका छन् ।
‘एयर क्वालिटी इन्डेक्स’ ले हिजो बेलुका काठमाडौंको समग्र वायु गुणस्तर सूचकांक (एक्यूआई) एक सय ६० देखाएको थियो । आज बिहान काठमाडौंको एक्यूआई एक सय ५६ रहेको छ । अस्ति बिहीवार दिउँसोसम्म काठमाडौंको एक्यूआई एक सयभन्दा कम थियो । एक्युआई शून्यदेखि ५० राम्रो अर्थात् ग्रीन मानिन्छ । ५१ देखि एक सयसम्मको एक्युआईलाई पहेँलो अनि एक सय एकदेखि एक सय ५० सम्मलाई अस्वस्थकर मानिन्छ । यसले मुख्यगरी श्वासप्रश्वास र मुटु रोगका बिरामीलाई असर गर्छ । एक सय ५१ देखि दुई सयसम्मको एक्युआईलाई पनि अस्वस्थ तर सबैलाई असर पार्ने हुन्छ । दुई सय एकदेखि तीन सयलाई धेरै अस्वस्थकर मानिन्छ ।
काठमाडौं उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले एक्युआईको मान तीन सयभन्दा धेरै भएको अवस्थालाई विपद्को रूपमा लिने उल्लेख छ । पटका पट्काउँदा विभिन्न रासायनिक पदार्थहरु जस्तै सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड र धुलोका कणहरु वायुमण्डलमा फैलने र प्रदूषण बढाउने भन्दै सतर्कता अपनाउन वातावरणविद्ले आग्रह गरेका छन् ।
वातावरणविद् भूषण तुलाधारले पटका जस्ता विषाक्त ग्यासले हावा प्रदूषित बनाउने र यसकारण श्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्ने भन्दै पटका पड्काउनमा रोक लगाउनुपर्नेमा जोड दिए । यस्तै जलवायुका विज्ञ डा. धर्मराज उप्रेतीले पनि तिहारमा पट्काउने गरिएको पटकाका कारण वायु तथा ध्वनी प्रदूषण गराउने भन्दै पटका पट्काउन कडाइका साथ नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।












समाचार
सुप्रिम वाइन नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
नेशनल हाइड्रोको स्थगित साधारणसभा नयाँ मिति घोषणा
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा
आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल
असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता हुने