
काठमाडौं । सेयर कारोबार हुने साताको चौथो दिन दोहोरो अंकले घटेको छ । अघिल्लो दिन पनि दोहोरो अंकले घटेको बजार आज १४ अंकले घटेर बन्द भएको हो ।
आज सेयर बजार परिसूचक १४ दशमलव १२ अंकले घटेर २७३४ दशमलव ८३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेको दिन समग्र बजार परिसूचक राताम्य भएर बन्द भएको हो । आज १३८ कम्पनीको सेयर मूल्य घट्यो भने ९९ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ०८ अंकले घटेर ४८३ दशमलव ६९ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ४ वटाको सेयर मूल्य बढेको छ भने बाँकी ९ वटाको सेयर मूल्य घटेको छ ।
परिसूचक दोहोरो अंकले घटेको दिन कारोबार रकममा भने सामान्य सुधार आएको छ । अघिल्लो दिन ७ अर्ब ८५ करोड माथिको कारोबार भएको बजारमा आज ७ अर्ब ९१ करोड भन्दा बढीको कारोबार भएको छ ।
बुधबारको कारोबार बन्द हुँदा सेयर बजारमा ३०८ कम्पनीका १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर ७७ हजार ८६१ पटक खरिद बिक्री हुँदा ७ अर्ब ९१ करोड १९ लाख ७६ हजार ४४९ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह