
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा परिसूचक दोहोरो अंकले बढेको छ । अघिल्लो दिन घटेको सेयर बजार आज करिब १४ अंकले बढेको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजार १३ दशमलव ९५ अंकले बढेर २७४८ दशमलव ७८ विन्दुमा पुगेको छ । दिनभरको उत्तारचढाबबीच अन्तिममा सेयर बजार हरियाली भएको हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १५९ कम्पनीको सेयर मूल्य बढेको छ भने ७९ कम्पनीको सेयर घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आजको कारोबार बन्द हुँदा ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ३३ अंकले बढेर ४८६ दशमलव ०३ विन्दुमा पुगेको छ । १३ उपसूचकमध्ये आजको कारोबार बन्द हुँदा ७ वटाको सेयर मूल्य बढेको छ भने ६ वटाको सेयर मूल्य घटेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो दिन ७ अर्ब ९१ करोड बढीको कारोबार भएको बजारमा आज १० अर्बभन्दा बढीको कारोबार भएको छ । बिहीबारको कारोबार बन्द हुँदा सेयर बजारमा ३२१ कम्पनीका २ करोड १६ लाख ६० हजार ६३९ कित्ता सेयर १ लाख १ हजार ५४५ पटक खरिद बिक्री हुँदा १० अर्ब ३२ करोड ३ लाख ३१ हजार ४३६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ ।











समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व