
काठमाडौं । बिहीबार सेयर बजार राताम्य भएर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ३१ दशमलव ३१ अंकले घटेर बन्द भएको हो । आज सेयर बजार परिसूचक अघिल्लो दिनको भन्दा १.२५ प्रतिशतले घटेको छ ।
साताको कारोबार हुने अन्तिम दिनको बजार बन्द हुँदा नेप्से परिसूचक २६८० दशमलव ४४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १९८ कम्पनीको सेयर मूल्य घटेको छ भने ४३ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ५३ अंकले घटेर ४७२ दशमलव ९७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटै उपसूचकको परिसूचक घटेको छ ।
नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने सामान्य सुधार आएको छ । अघिल्लो दिन ७ अर्ब ९ करोडको कारोबार भएको बजारमा आज ८ अर्बभन्दा माथिको कारोबार भएको छ । आज ३१४ कम्पनीका १ करोड ८४ लाख ७४ हजार २४ कित्ता सेयर ८४ हजार ८५८ पटक खरिद बिक्री हुँदा ८ अर्ब २५ करोड ७६ लाख ४३ हजार ८८६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै