
काठमाडौं । भन्सार विभागले चालू आर्थिक वर्षको ४ महिनामा नेपालको व्यापार घाटा ४ खर्ब ६० अर्ब ७१ करोड ७३ लाख रुपैयाँ बराबर पुगेको विवरण सार्वजनिक गरेको छ । विभागले आज सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार गत वर्षको यसै अवधिको तुलनामा व्यापार घाटा ०.२६ प्रतिशतले घटेको हो। गत वर्ष सोही अवधिमा ४ खर्ब ६१ अर्ब ९३ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार घाटा थियो ।
४ महिने अवधिमा नेपालको वैदेशिक व्यापार ५ खर्ब ६६ अर्ब ५ करोड ८७ लाख रुपैयाँ बराबरको भएको छ। गत वर्षको सोही अवधिमा ५ खर्ब ६३ अर्ब ६ करोड ८८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । वैदेशिक व्यापार ०.५३ प्रतिशतले बढेको हो । नेपालले चालू आर्थिक वर्षको ४ महिनामा ५ खर्ब १३ अर्ब ३८ करोड ८० लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
गत आवको चौथो महिनाको तुलनामा चालू आवको चौथो महिनासम्म आयात ०.१७ प्रतिशतले बढेको विभागको तथ्यांकमा उल्लेख छ । यस्तै, यो अविधमा निर्यात ४.१६ प्रतिशतले बढेको छ। विभागका चार महिने अविधमा नेपालबाट ५२ अर्ब ६७ करोड ७ लाख बराबरको वस्तु निर्यात भएको छ । यस्तो निर्यात गत वर्ष सोही अविधमा ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँ बराबर भएको थियो । असोजसम्म ६ प्रतिशतले कमी देखिएको निर्यातमा कात्तिसम्म आइपुग्दा ४ प्रतिशतको वृद्धिदर देखिएको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह