
काठमाडौं । ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको उपाधि रोनक उप्रेती र अमेरिकाकी रचेल डेभिडसनले जितेका छन् । मुसा मसला र वोङ्छु पिक प्रमोसनको संयुक्त आयोजनामा भएको प्रतियोगितामा रोनक पुरुषतर्फ र राचेल महिलातर्फ च्याम्पियन बनेका हुन् ।
काठमाडौं स्पोर्ट्स क्लाइम्बिङ सेन्टरमा भएको प्रतिस्पर्धाको पुरुषतर्फ अमेरिकाका भिनसेन्ट सबलिच दोस्रो तथा नेपालका पेम्बा सेवाङ शेर्पा तेस्रो भए । महिलातर्फ नेपालकी स्वस्तिका चौधरी दोस्रो तथा अन्ने माई बन तेस्रो बनिन् । प्रतियोगिताको च्याम्पियन रोनक र राचेलले ३५ हजार रुपियाँ, मेडल र प्रमाणपत्र तथा दोस्रोले समान २५ हजार रुपियाँ र तेस्रोले १५ हजार रुपियाँ पुरस्कार र गिफ्टह्याम्पर पाए ।
अन्तर्राष्ट्रिय आरोहण खेलकुद महासंघ आईएफएससीको नियम र मापदण्ड अनुसार सञ्चालन गरिएको एकदिने प्रतियोगितामा नेपाल र विदेशका गरी ४० खेलाडीको सहभागिता रहेको आयोजक वोङ्छु पिक प्रमोसनकी प्रबन्ध निर्देशक लाक्पा शेर्पाले जानकारी दिए ।













समाचार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन
सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक
सेयर बजारको गिरावटमा लागेन ब्रेक, परिसूचक ७ अंकले घट्दा ४ अर्बको कारोबार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए