
काठमाडौं । साउथह्याम्पटन विरुद्धको खेलमा जित निकाल्दै लिग लिडर लिभरपुलले इङ्लिस प्रिमियर लिगमा आफ्नो अग्रता थप लम्ब्याएको छ । गए राती भएको खेलमा साउथह्याम्टनलाई ३–२ गोल अन्तरले पराजित गर्दै लिभरपुलले शीर्ष स्थानमा थप बलियो पकड कायम गरेको हो ।
उसले डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीसँगको अंक दूरी ८ अंकमा पुर्याएको छ । २-१ ले पछि परेको अवस्थामा ६५औं मिनेटमा इजिप्टका फरवार्ड मोहम्मद सलाहले रायन ग्रेभेनबर्चको पासमा गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए । ८३ औं मिनेटमा उनले नै पेनाल्टीमा गोल गर्दै लिभरपुलको जित पक्का गरे । जितसँगै लिभरपुलको १२ खेलमा ३१ अंक बनाएको छ । समान खेल खेलेको सिटी २३ अंकसहित दोस्रो स्थानमा छ ।
त्यस्तै गए राती भएको खेलमा म्यानचेस्टर युनाइटेड भने बराबरीमा रोकिएको छ । युनाइटेड इपस्विचसँग बराबरीमा रोकिएको हो । दोस्रो मिनेटमा नै लिएको अग्रता जोगाउन नसक्दा युनाइटेडले १-१ को बराबरी खेल्न बाध्य भयो । रुबेन एमोरिमले औपचारिक रुपमा प्रशिक्षकको जिम्मेवारी पाएको खेलमा नै युनाइटेडले अंक बाढेको छ ।
मर्कस रसफोर्डको गोलमा युनाइटेडले अग्रता लिएको थियो । ओमारी हुट्सनले इपस्विचका लागि ४३ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । बराबरीपछि १२ खेलबाट १६ अंक पुर्याएको युनाइटेड १२ औं स्थानमा छ । इपस्विच ९ अंक छ ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम