
काठमाडौं । स्पेनिस ला लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले फ्रान्सेली क्लब ब्रेस्टलाई पराजित गर्दै च्याम्पियन्स लिगमा महत्त्वपूर्ण जित निकालेको छ । बुधवार बिहान सकिएको खेलमा बार्सिलोनाले ब्रेस्टमाथि ३–० को सहज जित दर्ता गराएको हो ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले २ तथा डानी ओल्मोले १ गोल गरे । खेलको १०औं मिनेटमा पेनाल्टीमार्फत लेवान्डोस्कीले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । ६६औं मिनेटमा बार्सिलोनाका ओल्मोले गोल गर्दै टोलीको अग्रता दोब्बरको बनाए । इन्ज्युरी समयमा लेवान्डोस्कीले आफ्नो व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जित दिलाए ।
यो जितसँगै बार्सिलोना ५ खेलबाट १२ अंकका साथ दोस्रो स्थानमा छ ।
फेसबुक प्रतिक्रिया













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम