
काठमाडौं । पहिलो पटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपाले काठमाडौँ महानगरपालिका वडा नम्बर १६ बाट विजयको खाता खोलेको छ । आइतबार सम्पन्न उपनिर्वाचनको अन्तिम मतपरिणामअनुसार रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठले २ हजार ९०२ मतका साथ विजय हासिल गरेकी हुन् ।
नेपाली कांग्रेसका वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि रिक्त रहेको सो स्थानमा भएको उपनिर्वाचनमा रोजिनाले विजय हासिल गर्दा कांग्रेसका उम्मेदवार भने तेस्रो भए । कांग्रेसका उम्मेदवार देवेन्द्र पाठकले २२१४ मत पाएका हुन् । जवकि एमालेका उम्मेदवार लक्ष्मी रत्न तुलाधरले २२२० मत पाए । उपनिर्वाचनमा रास्ववा विजयी हुँदा कांग्रेसले आफूले पहिले जितेको वडाध्यक्ष पद सुरक्षित गर्न असफल रह्यो । निर्वाचन आयोगका अनुसार राप्रपाका श्याम कृष्ण श्रेष्ठे पनि ७७४ मत पाए भने एकीकृत समाजवादीका मीन बहादुर मानन्धरले १०९२ मत पाए ।
यस्तै स्वतन्त्र उम्मेदवार देवेन्द्र कुमार श्रेष्ठले ४९८ मत पाउँदा अर्का स्वतन्त्र उम्मेदवार पशुपति कठायतले १३५ मत पाए । यस्तै स्वतन्त्र उम्मेदवार सम शाक्यले पनि ३३४ मत पाउँदा अन्य उम्मेदवारले भने १०० मत पनि कटाउन सकेनन् । काठमाडौँ १६ मा १८ जना उम्मेदवार चुनावी मैदानमा थिए ।













समाचार
निजी क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण अझ सकारात्मक र सहकार्यमा आधारित हुनुपर्छ : अध्यक्ष श्रेष्ठ
रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा
सुरुङभित्र उद्धार गर्न स्विट्जरल्यान्डद्वारा नेपाललाई अत्याधुनिक ड्रोन हस्तान्तरण
भक्तपुरमा ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी पर्यटक
नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
चन्डिका श्रेष्ठको उद्धार हामी अझै डटेर लागिरहेका छौं भन्ने सन्देश हो : प्रधानमन्त्री
१७ सयको मासुको तुलनामा ग्यास महगो होइन : प्रमुख साह
तराईकै उद्योगमा भरेर काठमाडौं भित्र्याइँदैछ ग्यास सिलिन्डर
बाढीले पुरिएको घरबाट ११ दिन पछि नुवाकोटमा महिलाको जीवितै उद्धार
ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति, ‘२५ लाख सहयोग गरेर साढे ११ करोड असुलियो’