
आज नेपाल रुपैयाँ थप कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ थप कमजोर भएको हो ।
अघिल्लो दिन पनि डलरको मूल्य बढेको थियो । आज पाउण्डर युरोको मूल्य भने सामान्य घटेको छ । आयतमुखी अर्थतन्त्र भएको र विदेशी ऋणको भुक्तानी पनि डलरमा गर्नु पर्ने भएकाले डलरको मूल्य बढ्नु भनेको सम्रग रुपमा नेपालीहरुको भान्सादेखि सरकारको लागतसम्म बढ्नु हो । डलरको मूल्य बढ्दा निर्यातमुखी अर्थतन्त्र भएको मुलुकलाई मात्रै फाइदा पुग्ने अर्थविद्हरुले बताउने गरेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा पुगेको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५९ पैसा रहेको थियो । त्यस्तै आज घटेको युरो एकको खरिददर १४९ रुपैयाँ १२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७८ पैसा पुगेको छ । अघिल्लो दिन एक युरोको खरिददर १४९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५० रुपैयाँ ३३ पैसा रहेको थियो ।
यसैगरी बिहीबार बेलायती पाउण्डको विनिमयदर पनि घटेको छ । आज एक पाउण्डको खरिददर १७७ रुपैयाँ १३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९२ पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९६ पैसा रहेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ९६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३७ पैसा कायम भएको छ । त्यस्तै आज क्यानडियन डलर एकको खरिददर ९९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९९ पैसा रहेको छ । त्यस्तै सिंगापुर डलर एकको खरिददर १०२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०३ रुपैयाँ २८ पैसा कायम भएको छ ।
आज जापानी ऐन १० को खरिददर ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसा, चाइनिज युआन १ को खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा रहेको छ । त्यस्तै आज साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ७२ पैसा र बिक्री दर ३५ रुपैयाँ ८८ पैसा रहेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा कायम भएको छ । बिहीबारका लागि राष्ट्र बैंकले युएइ दिराम १ को खरिदर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा तोकेको छ ।
त्यस्तै मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्री दर ३१ रुपैयाँ रहेको छ । बिहीबार दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०४ पैसा छ भने बिक्री दर १० रुपैयाँ ०८ पैसा रहेको छ ।












समाचार
अछाममा चट्याङ लागेर चार जना घाइते
फिफा विश्वकप २०२६ को प्रि-क्वाटरफाइनल समीकरण पूरा
ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व सङ्कलन
घानालाई हराउँदै कोलम्बिया अन्तिम १६ मा
वाग्मतीमा डेब्रिज थुप्रिनु काठमाडौं डुबानको मुख्य कारण
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न Samsung
कर्णालीमा ‘सरसफाइ तथा स्वच्छता विधेयक’को मस्यौदामाथि छलफल
बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा
साताको सुन : हप्ता दिनमा ११ हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य