
आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा देशमा भित्रिएको विप्रेषण (रेमिट्यान्स) आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई कुल १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो वृद्धिदर १७.२ प्रतिशत रहेको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार २०८२ सालको जेठ महिनामा मात्र देशले १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ बराबरको विप्रेषण प्राप्त गरेको छ, जुन अघिल्लो वर्षको सोही महिनाको १ खर्ब २८ अर्ब ९१ करोड रुपैयाँभन्दा धेरै हो।
समीक्षा अवधिमा अमेरिकी डलरमा गणना गरिएको विप्रेषण पनि १२.७ प्रतिशतले बढेर ११ अर्ब २५ करोड पुगेको छ। अघिल्लो वर्ष यो वृद्धिदर १५.२ प्रतिशत थियो।त्यस्तै, सोही अवधिमा कुल खुद द्वितीय आय तथा ट्रान्सफर रकम १६ खर्ब ६८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १४ खर्ब ४३ अर्ब १० करोड रुपैयाँभन्दा धेरै हो।
यस अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या पनि बढेको देखिएको छ। नयाँ श्रम स्वीकृति लिनेको संख्या संस्थागत तथा व्यक्तिगत गरी ४ लाख ५२ हजार ३२४ पुगेको छ, जबकि पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ८ हजार ६७ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या ४ लाख २१ हजार ३५६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६१ हजार २१० थियो।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह