
काठमाडौं । प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले मित्र राष्ट्र प्रजातान्त्रिक गणतन्त्र इस्ट टिमोरका प्रधानमन्त्री क्षानना गुस्माओ संग शिष्टाचार भेट गरेका छन् । इस्ट टिमोरको प्रधानमन्त्री कार्यालयमा भएको भेटमा द्विपक्षीय हित र मित्रता अभिबृद्धि गर्ने बारे छलफल भएको ढकालको सचिबालयले जनाएको छ ।
सांसद ढकालले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फवाट प्रधानमन्त्री गुस्माओलाई शुभकामना दिदै उपयुक्त समयमा नेपालको मैत्रीपूर्ण भ्रमणको लागि समेत आग्रह गरेका थिए । त्यस्तै प्रधानमन्त्री गुस्माओले नेपालसँगको मैत्रीपूर्ण सम्बन्धलाई थप उचाइमा पुर्याउने बताए । भेटमा आपसी सम्बन्ध तथा क्षेत्रीय स्तरमा शान्ति र सहकार्यको विस्तार गर्ने बिषयमा पनि छलफल भएको थियो ।
प्रधानमन्त्री गुस्माओले सांसद ढकाललाई बिशेष अभिनन्दन समेत गरेका थिए । साथै सांसद ढकालले इस्ट टिमोरका पूर्व प्रधानमन्त्री मारी अल्कातिरी, निर्बाचन आयोगका अध्यक्ष डा होसे ए दा कोस्टा बेलो पेरेइरा तथा इस्ट टिमोरका कार्डिनल विर्गीलियो डो कार्मो दा सिलवा लगाएत विशिष्ट व्यक्तित्वहरु संग पनि शिष्टाचार भेट गर्नु भयो। पूर्व मन्त्रि समेत रहेका ढकाल इस्ट टिमोरको ३ दिने मैत्रीपुर्ण भ्रमणमा छन् । ढकाल प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन् । नेपाल र इस्ट टिमोर बीच सन् २०२२ मा कुटनैतिक सम्बन्ध स्थापना भएको हो ।













समाचार
सेबोनको नयाँ आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग
जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा
प्रसारण लाइन निर्माणः प्रभावितलाई दश करोड ३३ लाख मुआब्जा
रोयल इन्फिल्डको ‘वान राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी सहभागी
भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि
रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति
प्रधानमन्त्री बालेन्द्र शाह यूएन महासभामा भाग लिन अमेरिका प्रस्थान, असोज ८ मा सम्बोधन गर्ने
“सीप र रोजगारी : साझा जिम्मेवारी” भन्ने मूल नाराका साथ रोजगार मेला, २०८३ हुँदै
नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
सडक निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो, ७३ लाख ६१ हजार बिगोसहित ८ जनाविरुद्ध मुद्दा