
काठमाडौं । चीनको ग्वान्जाउ र सेन्जेनमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले ग्वान्जाउ इन्टरनेशनल ट्राभल फेयरको निमन्त्रणामा यही मङ्सिर १७ गते ग्वान्जाउमा र मङ्सिर १९ गते चीनको सेन्जेनमा आयोजित ट्राभल फेयर र नेपाल इन्डिया चाइना एक्स्पो (नाईस) रोड शोमा सहभागिता जनाउँदै नेपालको पर्यटन प्रवर्द्धन गरेको जनाएको छ ।
कार्यक्रममा सहभागी दुई सय ५० बढी ‘आउटबाउन्ड टुर अपरेटर’ र मिडिया प्रतिनिधि समक्ष गन्तव्य नेपाल र आगामी फागुन १२ देखि २६ गतेसम्म पोखरामा आयोजना हुने नाईस कार्यक्रमको प्रवर्द्धन गरिएको पाटा नेपालले आज विज्ञप्तिमार्फत जनाएको हो । पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लकाई, प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडाल र नाईस २०२५ का सद्भावना दूत तथा चीन बजारका विज्ञ सल्लाहकार प्राडा वोल्फगाङ जोर्ज अर्लटले नेपालको पर्यटन सम्भावना उजागर गर्दै पर्यटन विकास र प्रवर्द्धनमा जोड दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको क्रममा चिनियाँ सरकारद्वारा ‘नेपाल पर्यटन वर्ष २०२५’ को औपचारिक घोषणासँगै नाईस कार्यक्रमलाई अपेक्षित उद्देश्य प्राप्तिका लागि सहयोग पुग्ने अध्यक्ष लकाईले बताए । उनले चिनियाँ टुर अपरेटरलाई नाईसमा सहभागी निमन्त्रणा गर्दै प्राकृतिक सौन्दर्य, समृद्ध संस्कृति र असीमित सम्भावनाको साक्षी बन्न आग्रह गरे ।
हालसम्म, चीन र भारतबाट दुई सयभन्दा बढी क्रेताले नाईसका लागि आवेदन दर्ता गरिसकेको पाटा नेपालले जनाएको छ । रोड शोले चिनियाँ आउटबाउन्ड अपरेटरबीच कार्यक्रमको पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको जनाइएको छ ।













समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द