
काठमाडौं । अर्विट इनर्जी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । यसका लागि कम्पनीले पुस १७ गते प्रथम वार्षिक साधारणसभा बोलाएको हो ।
कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले सभा काठमाडौंको हाडिगाउँस्थित कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालयमा बस्ने निर्णय गरेको हो । सभामा स्थानीय तथा सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने, सञ्चालक समितिको निर्वाचन गर्ने तथा सेवा सुविधा तथा बैठक भत्ता निर्धारण गर्ने, कर्जा लिने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश गरिनेछ ।
यसका साथै गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् ।
फेसबुक प्रतिक्रिया











समाचार
३२ औँ विश्व आदिवासी दिवस आइतबार, सबैलाई उपस्थितिका लागि शेर्पासंघको आग्रह
आइएमई लाइफले असारमा भुक्तानी गर्यो ७ करोड ६ लाख रुपैयाँ दाबी
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफल : प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव
अजित मिजारका परिवारसँग मन्त्री बादीको भेट, न्यायका लागि समन्वय र पहल गर्ने प्रतिबद्धता
पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर
सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद
कैलाश हेलिकप्टरको ३९ करोड ४० लाखको कारोबार
राष्ट्रसेवक कर्मचारीको १० प्रतिशत प्रोत्साहन भत्ता भुक्तानी गर्न महालेखाको परिपत्र
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री
राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने