
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन्। उनले शुक्रबार साँझ साढे ५ बजे अर्थ मन्त्रालय पुगेर राजीनामा पत्र बुझाएको स्रोतले जनाएको छ।
श्रेष्ठ २०८१ मंसिर १० गते नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्त भएका थिए। उनलाई तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको सिफारिसमा उक्त पदमा नियुक्त गरिएको थियो।
नयाँ सरकार गठनसँगै बोर्ड नेतृत्व परिवर्तन हुने चर्चा चलिरहेका बेला उनले राजीनामा दिएका हुन्। श्रेष्ठले बिचौलियाहरुको निकट काम गर्दै आइरहेको कुरा पटक पटक बाहिरिदै आएको थियो । सरकारले बर्खास्त गर्ने संकेत पाएसँगै उनले अध्यक्षबाट राजीनामा दिएका हुन् ।
फेसबुक प्रतिक्रिया












समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व