
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोषले उठाउनुपर्ने लगानी उठाउनेतर्फ ध्यान दिन निर्देशन दिएका छन् । सोमबार कर्मचारी सञ्चय कोषको ६३औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन् । उनले कोषले गरेको लगानी धेरै ठाउँमा उठ्न नसकेको भन्दै कोषले गरेको लगानी फिर्ता ल्याउने विषयमा विशेष ध्यान दिन आग्रह गरे । उनले कोषले सरकार ग्यारेन्टी रहेको भन्दैमा लगानी उठाउन निर्देशन दिए ।
उनले कर्मचारी सञ्चय कोषले गरेको लगानीको प्रतिफलका विषयमा समीक्षा गर्न जरुरी भएको औँल्याए । उनले नेपाल वायुसेवा निगममा लगाएको लगानीको सरकार ग्यारेन्टी बसेको दिएको २७ अर्ब बढी लगानी उठाउन पहल गर्न निर्देशन दिए । उनले सरकार ग्यारेन्टी बसेको छ भनेर मौन नबस्न आग्रह गरे । उनले वायुसेवा लगायत अन्य ठाउँमा लगाएको लगानीले कस्तो प्रतिफल दिइरहेको छ ? भन्ने कुरालाई सूक्ष्म ढङ्गले अध्ययन गर्न सुझाव दिए । उनले कोषले प्रतिफललाई अझ वृद्धि गर्ने हिसाबले काम गर्नु जरुरी देखिएको उल्लेख गरे । ‘कर्मचारी सञ्चय कोषले गरेको लगानीको प्रतिफल के भइरहेको छ । संस्थाले त्यस तर्फ पनि ध्यान दिनुपर्छ । नेपाल वायुसेवा निगममा लगाएको लगानीको सरकार ग्यारेन्टी बसेको छ । त्यसमा २७ अर्ब बढी लगानी उठ्न बाँकी छ । त्यो रकम उठाउनको लागि आफैँ पहल गर्नुहुन्छ वा सरकार ग्यारेन्टी बसेको छ भनेर बस्नुहुन्छ? यस्ता विषयहरू छन् । यस्तै अन्य गाउँमा लगाएको लगानीले कस्तो प्रतिफल दिइरहेको छ भन्ने कुरालाई सूक्ष्म ढङ्गले हेर्नुपर्छ,’ उनले भने ।
‘प्रतिफललाई अझ बढी कसरी बढाउने त्यस ढङ्गले सोच्नुपर्छ । सञ्चयकर्ताहरूले अधिकतम लाभ कसरी प्राप्त गर्ने त्यसतर्फ ध्यान दिनुपर्छ । लगानी गरेर चित्त बुझाउने ढङ्गले होइन । सूक्ष्म निगरानी कोषको हित भिक्टिम नहुने गरी काम गर्नु जरुरी छ । कोषले फिर्ता पाउनुपर्ने लगानी फिर्ता पाइरहेको छैन भने त्यसतर्फ पनि ध्यान दिनुपर्छ । त्यसको लागि कोष मूकदर्शक बनेर होइन सार्थक पहलकदमी लिन आग्रह गर्न चाहन्छु,’ उनले भने ।
उनले सञ्चयकर्ताहरूले अधिकतम लाभ कसरी प्राप्त गर्ने भन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले लगानी गरेर चित्त बुझाउने ढङ्गले नभई सूक्ष्म निगरानी कोषको हित भिक्टिम नहुने गरी काम गर्न जरुरी रहेको उल्लेख गरे ।













समाचार
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की
इन्डोनेसियामा ज्वालामुखी विस्फोटन, ३ हजार उडान अवरुद्ध, साढे ३ लाख यात्रु अलपत्र
बीमा दाबी भुक्तानी लिन बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रोको आग्रह
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै
१६२ किलो गाँजासहित दुई जना चालक पक्राउ
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
भेडागोठमा लालवीरका सात दशक