
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनियमदर अनुसार अमेरिकी डलर र युरोको मूल्य बढेको छ भने पाउण्डको मूल्य स्थिर रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३५ रूपैयाँ ४७ पैसा र बिक्रीदर १३६ रूपैयाँ ०७ पैसा कायम भएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ २८ पैसा र बिक्रीदर १३५ रूपैयाँ ८८ पैसा रहेको थियो । त्यस्तै युरोपियन युरो एकको खरिददर १४२ रूपैयाँ ६८ पैसा र बिक्रीदर १४३ रूपैयाँ ३२ पैसा कायम भएको छ । अघिल्लो दिन युरोपियन युरो एकको खरिददर १४३ रूपैयाँ १३ पैसा र बिक्रीदर १४३ रूपैयाँ ७७ पैसा रहेको थियो ।
त्यस्तै आज युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२ रूपैयाँ ८९ र बिक्रीदर १७३ रूपैयाँ ६६ पैसा कायम भएको छ । अघिल्लो दिन पनि युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२ रूपैयाँ ८९ र बिक्रीदर १७३ रूपैयाँ ६५ पैसा रहेको थियो । त्यस्तै आज स्वीस फ्रयाङ्क एकको खरिदर १५३ रूपैयाँ ९७ पैसा र बिक्रीदर १५४ रूपैयाँ ६५ पैसा कायम गरिएको छ । केन्द्रीय बैंकले आजका लागि अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ६५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ०३ पैसा कायम गरेको छ । आज क्यानेडियन डलर एकको खरिदर ९५ रूपैयाँ ६२ पैसा र बिक्रीदर ९६ रूपैयाँ ०४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रूपैयाँ ०४ पैसा र बिक्रीदर १०१ रूपैयाँ ४९ पैसा निर्धारण गरेको छ ।
जापानी येन १० को खरिददर ८ रूपैयाँ ९३ पैसा र बिक्रीदर ८ रूपैयाँ ९७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६७ पैसा र बिक्रीदर १८ रूपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रूपैयाँ २२ पैसा, कतारी रियाल एकको खरिदर ३७ रूपैयाँ १६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रूपैयाँ ०२ पैसा र बिक्रीदर ४ रूपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ८८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०३ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपैयाँ ५९ पैसा र बिक्रीदर ३० रूपैयाँ ७३ पैसा, दक्षिण कोरियन वन १०० को खरिदर ९ रूपैयाँ ४७ पैसा र बिक्रीदर ९ रूपैयाँ ५१ पैसा, स्विडीस क्रोनर एकको खरिददर १२ रूपैयाँ ३७ पैसा र बिक्रीदर १२ रूपैयाँ ४३ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रूपैयाँ १३ पैसा र बिक्रीदर १९ रूपैयाँ २२ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ४२ पैसा र बिक्रीदर १७ रूपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४४० रूपैयाँ ५१ पैसा र बिक्रीदर ४४२ रूपैयाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ३५९ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३६० रूपैयाँ ६२ पैसा, बढेको ओमनि रियाल एकको खरिदर ३५१ रूपैयाँ ८७ पैसा, बिक्रीदर ३५३ रूपैयाँ ४३ पैसा तोकिएको छ । यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू