
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। सरकारले गठन गरेको सिफारिस समितिले आज एक सूचना प्रकाशित गर्दै बीमा प्राधिकरणको अध्यक्ष पदमा दरखास्त आह्वान गरिएको हो। समितिले इच्छुक तथा योग्य व्यक्तिलाई ७ दिन (जेठ १९ गते)भित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखास्थित समितिको सचिवालयमा आफ्नो व्यक्तिगत विवरण पेस गर्न सक्ने जनाएको छ।
अध्यक्षका लागि व्यक्तिगत विवरण बुझाउने उम्मेदवारले बीमा ऐनबमोजिम बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा सोसरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको उच्च व्यवस्थापकीय कार्यानुभव हासिल गरेको हुनुपर्नेछ।
यसका साथै उच्च नैतिक चरित्र भएको, बीमा ऐनबमोजिम अयोग्य नभएको, ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको, भ्रष्टाचार सम्पत्ति शुद्धीकरणजस्ता नैतिक पतन नदेखिने वा फौजदारी कसुरमा सजाय नपाएको, प्रचलित कानुनबमोजिम कालोसूचीमा समावेश भई त्यस्तो सूचीबाट फुकुवा भएको अवधि ३ वर्ष पूरा भएको, कुनै विदेशी मुलुकमा स्थायी आवासीय अनुमति प्राप्त नगरेको, सार्वजनिक निकायको कुनै ठेक्कापट्टा सम्झौता गरी काम नगरेको तथा मानसिक सन्तुलन ठीक भएकाले आफ्नो व्यक्तिगत विवरण पेस गर्न सक्नेछन्।
सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टको संयोजकत्वमा अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ। समितिका सदस्यमा घनश्याम उपाध्याय र विज्ञ सदस्यका रुपमा फत्तबहादुर केसी छन्।
अब यो समितिले तोकिएको अवधिभित्र परेका दरखास्तमध्ये कम्तीमा ५ जनाको नाम सर्टलिस्ट गर्नेछ। त्यसपछि ती उम्मेदवारसँग छलफल गरी समितिले ३ जना उम्मेदवारको नाम अर्थ मन्त्रालयसमक्ष सिफारिस गर्नेछ। अर्थ मन्त्रालयले पनि अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषदसमक्ष नाम सिफारिस गर्नेछ।
त्यसपछि अर्थ मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदको बैठकले बीमा प्राधिकरणमा अध्यक्ष नियुक्त गर्नेछ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम