
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा २०८५ सालदेखि अध्यक्षको निर्वाचन प्रत्यक्ष हुने भएको छ । महासंघको विशेष साधारणसभाले अध्यक्षको निर्वाचन पुरानो तरिकाबाट गर्ने व्यवस्थालाई अनुमति दिएको हो । महासंघको कार्यकारिणी बैठकले २०८८ सालदेखि अध्यक्षको निर्वाचन प्रत्यक्ष गर्ने प्रस्ताव गरेपनि विशेष साधारणसभाले अहिलेका बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको कार्यकाल सकिएपछि अध्यक्षको निर्वाचन प्रत्यक्ष गर्ने प्रस्ताव पास गरेको हो ।
जिल्ला नगर क्षेत्रका अधिकांश अध्यक्ष अञ्जन श्रेष्ठको कार्यकाल सकिएपछि अध्यक्षको निर्वाचन प्रत्यक्ष गर्ने पक्षमा उभिएका थिए । सो अनुसार महासंघको विशेष साधारणसभाले विधान संसोधन गरेको हो । महासंघको विशेष साधारणसभाले अध्यक्षको निर्वाचन प्रत्यक्ष गर्ने र महलिा उपाध्यक्ष तथा जिल्ला नगरमा २ जना उपाध्यक्ष राख्ने निर्णय गरको छ । महिला उपाध्यक्षको लागि भने कार्यकारिणी समितिमा १२ जना सदस्य भएपछि मात्र हुने व्यवस्था गरिएको छ ।
अध्यक्षको निर्वाचन प्रत्यक्ष हुने तथा बरिष्ठ उपाध्यक्षको चयन वरिष्ठ उपाध्यक्ष चयन कार्यकारिणी समितिले गर्ने उल्लेख छ । महासंघको अहिलेको विधान अनुसार २०८२ साल चैतदेखि अञ्जन श्रेष्ठ अध्यक्ष हुनेछन् । उनी २०८५ साल चैतसम्म अध्यक्ष हुन्छन् । मन्त्रिपरिषदले विधान संसोधन गरेपछि २०८५ सालको चैतमा हुने महासंघको निर्वाचन अध्यक्षको प्रत्यक्ष हुने छ । महासंघका अहिलेका उपाध्यक्ष हेमराज ढकाल,ज्योत्स्ना श्रेष्ठ २०८८ सालदेखि अध्यक्षको निर्वाचन प्रत्यक्ष गर्ने पक्षमा थिए ।













समाचार
इरानको लारक द्वीपमा अमेरिकी आक्रमण
कांग्रेस संसदीय दलको बैठक बस्दै
एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै
किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष
शिक्षक हत्याः आरोपितको ११ जनाको नामावली सार्वजनिक
पशुपती रिन्यूएबल्सको साधारणसभा आह्वान, लाभांश प्रस्ताव पारित गर्ने
जिल्ला कारागार मोरङका कैदीबन्दीले गरे सीडीओविरुद्ध नाराबाजी
नर्भिक अस्पतालको छैटौं वार्षिक साधारण सभाको मिति परिवर्तन
१ सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द
भोटेकोशी बाढीः काभ्रेका ४१ अझै सम्पर्कविहीन, आठ जना परिवारको सम्पर्कमा