
सप्तरी । गहुँ बाली लगाउने बेलामा मलको चरम अभाव खेप्दै आएको भन्दै जिल्लाका किसानले कृषि औजारसहित मल उपलब्ध गराउनुपर्ने माग गरेका छन् । जनमत पार्टी संसदीय दलका नेतासमेत रहेका प्रदेश सांसद महेशप्रसाद यादव अगुवाइमा किसान सडकमा उत्रिएका हुन् ।
गहुँ बाली लगाउने बेलामा मलखाद नपाउँदा समस्या भएको भन्दै पटकपटक सम्बन्धित निकायमा लिखित र मौखिक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाइ नभएकाले बाध्य भई सडक सङ्घर्षमा उत्रनुपरेको किसानले बताएका छन् ।
स्थानीय राजरङ्गशालाबाट गोरूगाडा, हलो, मलको खाली बोरालगायत सामानसहित हजारौँका सङ्ख्यामा निस्केको किसानका जुलुस निकालेका हो । “मलखादको व्यवस्था गर, किसानको समस्या समाधान गर, कालोबजारी बन्द गर, पर्याप्त मल किन वा किन्न देऊ, कालोबजारी गर्नेहरूलाई कारबाही गर” लगायत नारा लगाउँदै बजार क्षेत्र परिक्रमा गरेको थियो ।
बजार परिक्रमापश्चात राजविराजको सहिद दशन चोकमा जनमत पार्टीका जिल्ला इन्र्चाज रामगमन साहको अध्यक्षतामा आयोजित विरोध सभामा प्रदेश सांसद यादव, हनुमाननगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझी, बलान विहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवलगायतले बर्सेनि उत्पन्न हुने मलखाद अभावको स्थायी समाधान नखोजिए आन्दोलनमा जाने बताएका छन् ।
सप्तरीमा ७० हजार हेक्टर खेतीयोग्य जग्गा छ । तर मलखाद अभावमा आधा जग्गामा पनि खेती गर्न कठिन भइरहेको हुनमाननगर कङ्कालिनी नगरपालिका–१ का किसान फुलटेन विश्वासले गुनासो गरे । मलखाद वितरण गर्ने काम साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड र कृषि सामग्री कम्पनीले गर्ने गरे पनि ती दुवै निकायमा अहिले मागअनुसारको मलखाद नहुँदा समस्या भएको जनाइएको छ । मलखादबिनाको खेतीले उत्पादन राम्रो दिन्न, प्रदर्शनमा सहभागी किसान विजुली सरदारले भनिन्, ‘बर्सेनि रासायनिक मलको प्रयोग गरेको खेतलाई त्यही मल नै चाहिन्छ, तर बजारमा चरम अभाव छ ।’













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम